काङ्ग्रेसले विपक्षीको धर्म निभाएन, पाप गर्यो : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालको अन्तरवार्ता



 

विकास र समृद्धिका लागि स्थिर सरकारको नारा थियो । यही नारामा बामगठबन्धनले चुनाव जित्यो, दुई तिहाई बहुमतको सरकार पनि बन्यो । तर, सरकार गठनको पाँच महिना नुपग्दै सडक र सदनमामा तनावपूर्ण अवस्था देखापरेको छ । प्रधानमन्त्रीको महत्वपूर्ण सहयोगीका रूपमा तपार्ईंं यसलाई कसरी हेर्नुहुन्छ ?
यो त विपक्षीहरूको हतासा नै हो जस्तो लाग्छ । मेरो व्यक्तिगत विश्लेषण के हो भने सरकारले एक पटक विरोधीहरूको सामना गर्नै पर्थ्यो । त्यो विरोध सम्भवतः उहाँहरूले नयाँ चुनाव आउने बेला गर्नुहुन्छ भन्ने लाग्याथ्यो । तर उहाँहरूले यो सरकार चार वर्ष पार गरेर पाचौँ वर्ष लाग्ने बेला सरकारको लोकप्रियतका कारण विरोधमा जान सकिँदैन भन्ने ठान्नुभयो जस्तो लाग्छ ।

 

त्यो भएर उहाँहरूले इस्युलाई होइन, नन्इस्युलाई विरोधको विषय बनाउनुभएको छ । जस्तो गङ्गामायाको केस, डा. गोविन्द केसीकै केस । यी कुनै इस्युु थिएनन् । तिनै नन् इस्युलाई इस्यु बनाएर ल्याइयो । त्यसैले यो सद्नियतअन्तर्गत भएको भन्दा पनि बनाइएको इस्यु हो । यो क्रिएटेड हो ।

 

यो गलत उद्देश्य साथ सुरु गरिएको छ र त्यसमा जनाताको केही सेन्टिमेन्ट क्याच गर्न खोजिएको जस्तो छ । यी दुईवटा कुरा हेर्दा परिस्थितिलाई उत्तेजक बनाउने र उत्तेजित परिस्थितिबाट नै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न सकिन्छ भन्ने योजनाअन्तर्गत गर्नुभएको छ । म एक दुईवटा घटना स्मरण गराउन चाहान्छु ।

 

कुनै समय ठीक ढङ्गले सरकार चलिरहेको बेला अनावश्यक ढङ्गले देश विभिन्न भागमा हत्या हिंसा हुने गरी नै प्रभोक गरियो । हिंसाको तहमा पुगेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गयो । बाहिर गैसकेपछि मात्रै आफ्नो राजनीतिक स्थिति पूरा भएको जस्तो त्यो बेला आन्दोलनमा लाग्नेहरूको देखियो ।

 

मूलतः अहिले नेपाली काङ्ग्रेस आफ्नो साइजको आधारमा, दुई तिहाईको आफै छु जस्तो गरिराख्या छ । तर उसको हैसिएत भनेको कल्पना गरेभन्दा सानो भएको छ । त्यो हतासामा काङ्ग्रेसले जे गरिरहेको छ, त्यो लोकतन्त्रभन्दा विपरीत छ । बाहिर देखिने यी तमासा हुन् ।

 

मलाई यो निरन्तर यस्तो भैराख्छ जस्तो लाग्दैन । यसलाई सरकाले पनि हिसाब गरिरहेको छ र विपक्षी सहमतिमा आउन पर्छ । हामीले जानेको कुरा त्यो हो । यो विपक्षीको एजेन्डा पनि होइन । के नेपाली काङ्ग्रेसको एजेन्डा भनेको गङ्गामाया र डा. गोविन्द केसी नै हो त ? हो भने उहाँहरूले त्यसो भन्नु पर्यो । डा. केसीले पनि म सत्याग्रही हैन, काङ्ग्रेसको हो भनेर जानु पर्यो । त्यसैले काङ्ग्रेसले एजेन्डा नै गलत समायो ।
विकास र समृद्धिका लागि स्थिर सरकारको नारा थियो । यही नारामा बामगठबन्धनले चुनाव जित्यो, दुई तिहाई बहुमतको सरकार पनि बन्यो । तर, सरकार गठनको पाँच महिना नुपग्दै सडक र सदनमामा तनावपूर्ण अवस्था देखापरेको छ । प्रधानमन्त्रीको महत्वपूर्ण सहयोगीका रूपमा तपार्ईंं यसलाई कसरी हेर्नुहुन्छ ?
यो त विपक्षीहरूको हतासा नै हो जस्तो लाग्छ । मेरो व्यक्तिगत विश्लेषण के हो भने सरकारले एक पटक विरोधीहरूको सामना गर्नै पर्थ्यो । त्यो विरोध सम्भवतः उहाँहरूले नयाँ चुनाव आउने बेला गर्नुहुन्छ भन्ने लाग्याथ्यो । तर उहाँहरूले यो सरकार चार वर्ष पार गरेर पाचौँ वर्ष लाग्ने बेला सरकारको लोकप्रियतका कारण विरोधमा जान सकिँदैन भन्ने ठान्नुभयो जस्तो लाग्छ ।

 

त्यो भएर उहाँहरूले इस्युलाई होइन, नन्इस्युलाई विरोधको विषय बनाउनुभएको छ । जस्तो गङ्गामायाको केस, डा. गोविन्द केसीकै केस । यी कुनै इस्युु थिएनन् । तिनै नन् इस्युलाई इस्यु बनाएर ल्याइयो । त्यसैले यो सद्नियतअन्तर्गत भएको भन्दा पनि बनाइएको इस्यु हो । यो क्रिएटेड हो ।

 

यो गलत उद्देश्य साथ सुरु गरिएको छ र त्यसमा जनाताको केही सेन्टिमेन्ट क्याच गर्न खोजिएको जस्तो छ । यी दुईवटा कुरा हेर्दा परिस्थितिलाई उत्तेजक बनाउने र उत्तेजित परिस्थितिबाट नै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न सकिन्छ भन्ने योजनाअन्तर्गत गर्नुभएको छ ।

 

म एक दुईवटा घटना स्मरण गराउन चाहान्छु । कुनै समय ठीक ढङ्गले सरकार चलिरहेको बेला अनावश्यक ढङ्गले देश विभिन्न भागमा हत्या हिंसा हुने गरी नै प्रभोक गरियो । हिंसाको तहमा पुगेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गयो । बाहिर गैसकेपछि मात्रै आफ्नो राजनीतिक स्थिति पूरा भएको जस्तो त्यो बेला आन्दोलनमा लाग्नेहरूको देखियो ।

 

मूलतः अहिले नेपाली काङ्ग्रेस आफ्नो साइजको आधारमा, दुई तिहाईको आफै छु जस्तो गरिराख्या छ । तर उसको हैसिएत भनेको कल्पना गरेभन्दा सानो भएको छ । त्यो हतासामा काङ्ग्रेसले जे गरिरहेको छ, त्यो लोकतन्त्रभन्दा विपरीत छ । बाहिर देखिने यी तमासा हुन् ।

 

मलाई यो निरन्तर यस्तो भैराख्छ जस्तो लाग्दैन । यसलाई सरकाले पनि हिसाब गरिरहेको छ र विपक्षी सहमतिमा आउन पर्छ । हामीले जानेको कुरा त्यो हो । यो विपक्षीको एजेन्डा पनि होइन । के नेपाली काङ्ग्रेसको एजेन्डा भनेको गङ्गामाया र डा. गोविन्द केसी नै हो त ? हो भने उहाँहरूले त्यसो भन्नु पर्यो । डा. केसीले पनि म सत्याग्रही हैन, काङ्ग्रेसको हो भनेर जानु पर्यो । त्यसैले काङ्ग्रेसले एजेन्डा नै गलत समायो ।

 

–विपक्षीलाई पनि साथ लिएर अगाडि बढ्ने कि संसदको अङ्कगणित मात्रै हेरेर अगाडि जाने ?

विपक्षीको अहिलेको तरिका धर्म निर्वाहा गरेको होइन, पाप भयो यो । धर्म निभाएको भए त ठीक थियो नि । हामीले गल्ती गर्दा करेक्सन गरेर बोल्नुपर्थ्यो । उहाँहरूले आफ्नो विपक्षीको धर्म पूरा गर्नु भएन । सरकारले सधैँभरी एउटै कुरा भनिरहेको छ । तपार्ईंहरू यसरी सडकमा आउनै पर्दैन ।

 

अस्ति मात्रै विपक्षीदलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष प्रचण्डले तपार्ईंहरू यो वितण्डमा नजानुस् भनेर भन्नुभयो । कि तपार्ईंहरूले भन्नुस् हाम्रो माग डा गोविन्द केसी र गङ्गामाया अधिकारी हो भनेर । त्यसलाई राजनीतिक एजेन्डा बनाएर आउनुस् । त्यसको के जवाफ दिने हामी दिउँला ।

 

एकातिर एक जना सत्याग्रहीमा बसेका छन् । म सत्याग्रहमा बसेको छु भनेर भनिरहनुभएको छ । अर्कोतिर तपार्ईंहरू उहाँहरूकै प्रतिनिधि जस्तै सडकमा उत्रिनु भएको छ । माग एउटा छ, कुरा अर्को गरिरहनुभएको छ । खास के हो ठाउँमा आउनुस् भनेर प्रधानमन्त्री र हाम्रा अर्का अध्यक्षले भन्नुभएको छ । विपक्षीले पनि आफ्नो मागलाई स्पष्ट पार्नुपर्यो ।

 

स्थिरताको समयमा विकास, समृद्धि र सुशासन कायम गर्नतर्फ जानेहो कि हो हल्ला मच्चाएर मुलुकलाई फेरि असफतातिर लैजान प्रयत्न गर्ने हो ? त्यो त उहाँहरूले नै छान्नु पर्यो । हामी सरकारको तर्फबाट मुडभेडको स्थितिमा जान चाहँदैनौँ । हामी अनावश्य खालको झमेला पर्न पनि चाहँदैनौँ । गैरइस्युलाई इस्यु बनाउन पनि चाहँदैनौँ । अहिले जो–जो साथीहरूले जे–जे इस्यु बनाउनुभएको छ । त्यसलाई संवादको माध्यमबाट टुङ्ग्याउन चाहन्छौँ । हाम्रो एजेन्डा स्पष्टै छ ।

 

अब सडक आन्दोलन व्यवस्थापनतिर लाग्नुहुन्छ कि विकास र समृद्धितिर ?

सडक आन्दोलन भनेर उहाँहरू आउनुभएको छ भने सडक आन्दोलनलाई पनि सम्बोधन गर्ने । यद्यपि यो आन्दोलन होइन, अराजकता हो । अराजकतालाई नियन्त्रण गर्ने हो । आन्दोलनकारीसँग वार्ता गरिन्छ । सम्झौता गरिन्छ र त्यसलाई टुङ्गोमा पुर्याइन्छ । विखण्डनकारी, वितण्डावादी र अराजकतावादी कोही छन् भने अराजकतालाई त नियन्त्रण गरिन्छ ।

 

सरकारले धैर्यतापूर्वक हेरिरहेको छ । अहिले काङ्ग्रेसलगायतका दलहरूले केही उपनियम मेकर हुँ भन्नेसम्मलाई संलग्न गरेर जे गरिरहनुभएको छ, यो हाम्रो आँखाबाट हेर्दा आन्दोलनभन्दा बढी अराजकता देखिन्छ । अराजकतालाई नियन्त्रण गरिनुपर्छ । त्यसलाई ठीकठाउँमा ल्याउनुपर्छ भन्ने लाग्छ ।

 

विरोध प्रदर्शन गर्ने कुरामा सरकारले अङ्कुश लगाउँदैन । हाम्रो जस्तो मुलुकमा कसैले पनि कसैलाई अङ्कुश लगाउँदैन । तर त्यो मर्यादाभित्र बस्नुपर्छ भन्ने हाम्रो कुरा हो । यी दुई ठाउँमा आउनासाथै सरकारको त आफ्नै एजेन्डा छ । सबैलाई थाहा भएकै कुरा हो, असारको मसान्तमा दुई दिन बसेर सरकारको लक्ष किटान गर्दै नीति कार्यक्रम लागू गर्ने ठूलो कार्यक्रम गर्यो । त्यो साउन एकदेखि लागू गर्ने भनेर भनिसकेका छौँ । त्यसलाई प्रयोग गर्ने बाटोतिर हामी जान्छौँ । हामी त्यो बाटोमै अघि बढ्ने हो ।

 

डा. केसी प्रकरणमा पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, नागरिक समाजका अगुवा, बामपन्थी लेखकहरू पनि सडकमा आएका छन् ? यो त गम्भीर कुरा होला नि ?

उहाँहरूले राम्रो काम नै गर्नु भएको छैन । जस्तो काङ्ग्रेस डा. केसीले भनेको कुरामा यसरी उर्लिन जरुरी थिएन । उहाँहरूलाई त लाज लाग्नुपर्ने हो । शेरबहादुर देउवाजीले के हेरर बस्नुभएको ? उहीबेला किन नटुङ्ग्याएको ? सुशील कोइराला प्रधानमन्त्री भएको बेला पनि डा. केसी अनशन बस्नुभएको हो । २–४ वटा प्रधानमन्त्री त केसीले फटाउनुभएकै हो नि ।

 

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हँुदादेखि नै के भनेका थियौँ भने कतिले यो आन्दोलन टार्नका लागि सम्झौता गरे होलान्, हामीले टार्नका लागि सम्झौता गर्दैनौँ ।  हाम्रो भनाइ अहिले पनि त्यही हो । ठीक कुरालाई कसैले अनशन बस्नै पर्दैन । हामी आफैँ ठीक पार्छौं । बेठीक कुरा छन् भने अनशन बसेको कारणले संसदलाई बन्दी बनाउनतिर हामी लाँदैनौँ ।

 

 

अहिलेको मुद्दा भनेको संसदमा पेश भएको विधेयकलाई पास गर्ने कि फेल गर्ने भन्ने हो । फेल गर्दा फाइदा के हुन्छ उहाँहरूलाई ? अहिले राखिएको विधेयकमा चिकित्सा क्षेत्रलाई सुधार गर्न उहाँहरूले नै भने जस्तै आयोग लगायतको अन्य व्यवस्था छ । त्यसलाई फेल गर्दा फाइदा हुन्छ भने आन्दोलन किन गरेको ? फेल गर्ने हो भने संसद अवरुद्ध किन गरेको ? तर सार्वभौम सत्ता सम्पन्न संसदले सडकबाट र विपक्षमा रहेको दलको आदेशमा काम गर्नुपर्छ भन्ने हो भने हामीले चुनावको यतिविधि खर्च किन ? जनप्रतिनिधि चुन्नु पनि पर्दैनथ्यो ।

 

लोकतन्त्रमा चुनिएका प्रतिनिधिले राम्रो गरे पनि नराम्रो गरे पनि एउटा अवसर पाउँछन् । जनताले दण्डित गर्ने त अर्को पटक भोट राख्दा हो । त्योभन्दा अघि त केही गर्न पाइँदैन । मेरो अधिकार तिमीलाई दिएँ भनेर जनताले जनप्रतिनिधि पठाइसकेपछि उसले गर्ने अधिकारलाई जतिसुकै प्रख्यात, महान व्यक्तित्व भए पनि मिलेन नि । यो उहाँहरूले पनि बुझ्न पर्ने हो ।

 

मलाई अनौठो के लागेका छ भने एकथरी सदाबहार बुद्धिजीवीहरू हुनुहुन्छ । उहाँहरूको मूल काम भनेको सरकारमा जो बसे पनि एउटा होहल्ला गर्ने विषय पाएपछि त्यसको पक्षमा आफ्नो बजार बनाउने काम गर्नुहुन्छ । यो सुहाउने कुरा हो जस्तो लाग्दैन । तपार्ईंले पूर्वप्रधानन्यायाधीशको कुरा गर्नुभयो । म उहाँहरूजस्तो सम्मानित व्यक्तित्वको नाम लिएर टिप्पणी गर्न चाहान्नँ ।

 

सम्मानित व्यक्तित्वहरू यस्ता खालका काममा संलग्न हुनुभएको छ भने आफ्नो ट्र्याकपेपर हेर्नुस्, आफ्ना पृष्ठभागमा भएका गतिविधि हेर्नुस् । अहिलेको प्रधानमन्त्री उहाँहरूलाई लगाउनुभएको गुन सम्झिनुस् । अहिलेको प्रधानमन्त्री ठीक विषयमा कसरी प्रस्तुत हुनुहुन्छ र बेठिक विषयमा कसरी अडान राख्नु हुन्छ यति उहाँहरूले बुझे भयो । यो कुरा म उहाँहरूलाई स्मरण गराउन चाहान्छु । त्यो बाहेकका सम्मानित व्यक्तित्वलाई म असम्मानित शब्द प्रयोग गर्न चाहान्नँ ।

 

 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सडकमा आगो बल्ने चेतावन दिनुभएको छ, यसको त केही अर्थ होला ?

त्यसको अर्थ के छ, उहाँले नै भन्ने कुरा हो । उहाँको पदले त्यो गर्न अनुमति दिने हो कि हैन ? नेपाल सरकारको पेन्सनरले सरकारको विपक्षमा आगो बाल्छु, टायर बाल्छु भनेर हिँड्ने कुरा सुहाउने हो कि हैन, त्यो उहाँहरूले मूल्याङ्कन गर्ने कुरा हो । जहाँसम्म प्रधानन्यायाधीशकै कुरा गर्नुभयो भने उहाँले त मैलेभन्दा धेरै जान्नु हुन्छ । उहाँहरू त धेरै पढेका मान्छे ।

 

हामी त ८–१० कक्षा पढेको मान्छेहरू हो, उहाँहरूकै भाषामा भन्ने हो भने । उहाँहरू धेरै पढेको, पिएचडी गरेको । नेपालको पनि होइन भारतको युनिभर्सिटीबाट पढेर आएको हुनुहुन्छ । त्यसकारण उहाँहरू नै जान्नुहुन्छ यस्ता कुरा । मैले के टिप्पणी गरौँ ।

 

विद्वानका बारेमा मैले टिप्पणी गर्न पनि सुहाउँदैन । तर उहाँहरूले आफ्नो मर्यादा आफै राखे हुन्छ । जनताले त हेरिरहेकै छन् नि । अहिले झोँकैझोँकमा, स्वादैस्वादमा बोल्नुहुन्छ उहाँहरू । भोलि आधिँबेरी रोकिएपछि लडेका पात पत्तिङ्गर सबै हेर्छ नि मान्छेले । त्यतिखेर जवाफ के दिने ? सोचे हुन्छ ।

 

अन्याय अत्याचारमा परेका मान्छेलाई तत्कालीन एमाले वा माओवादी केन्द्र अहिलेको नेकपाले कुन तरिकाले डिल गर्यो, त्यो बुझे हुन्छ । साथीभाइहरू जेलको छिँडीमा रोएर बस्नुपर्ने हुन्थ्यो, हामीले हाम्रो जिन्दगी रिस्कमा लिएर नलडेको भए । अहिले उहाँहरू ठूला ठूला कुरा गर्नु हुन्छ डेमोक्रेसीको । त्यो कुरा बुझे हुन्थ्यो भन्ने आग्रह हो ।

 

 

-तत्काल सडक र सदनको तनाव कसरी हल हुन्छ ?

सडकमा आएको अराजकतालाई नियन्त्रण गर्ने हो । त्यो अराजकतालाई त्यसै छोड्न हँुदैन । यो संवादसँग जोडिएको विषय होइन । विधेयक र डा. गोविन्द केसी फरक पाटा हुन् । ती छलफलका कुरा हुन् । विधेयकका कुरा पार्लियामेन्टमा कुस्ति खेलिँदैन । संसदीय अभ्यासबाटै टुङ्ग्याइन्छ । अनशन बसेका कुरा संवादबाटै टुङ्ग्याइन्छ । उनीहरूसँग कुनै कुस्ती खेल्न जरुरी भएन । अब खोचे थाप्ने सडकमा अराजकता देखाउनेलाई प्रशासनिक नियन्त्रण हुन्छ । त्यहाँ पनि विधि छ । त्यसको प्रयोग गरिन्छ । अराजकता बढी भयो भने सरकार निरिह भएर बस्दैन ।

 

 

–डा. गोविन्द केसी प्रकरणमा विपक्षीहरू एकजुट हुँदैछन् । तपार्ईंंहरूभित्र अन्तरविरोध देखिन थालेका छन् । यो त तपार्ईंंहरूका लागि चिन्ताको विषय हैन र ?

मेरो आफ्नो बुझाइमा हामीभित्र यस्तो अन्तरविरोध छ जस्तो लाग्दैन । नेकपाको सचिवालयले निर्णय गरेको हो । ९ जना शीर्ष नेता सचिवालयमा हुनुहुन्छ । यो विषय हेर्न मामिलामा पार्टीभित्र स्पष्ट एउटै मत छ । उदाहरणका लागि चिकित्सा क्षेत्र गुणात्मक हुनुपर्छ कि पर्दैन भन्ने कुरामा दुवै अध्यक्षदेखि सबै सदस्यहरू हुनुपर्छ भनेर एक मतले हामी भन्छौँ । मापदण्ड नपुगेका कलेज, अस्पतालहरूलाई सम्बन्धन दिन हुन्छ कि हुँदैन भनेरभन्दा हामी ठूलै स्वरमा भन्छौँ, दिनु हुँदैन । जनताको स्वास्थ्य र शिक्षामा हक, पहुँच हुनुपर्छ कि पर्दैन भनेर भन्दा हामी सीधै हुनुपर्छ भन्छौँ । हामी समाजवादतिर जान चाहान्छौँ ।

 

तर हामी के चाहिँ चाहँदैनाँै भने समाजवाद भन्ने शब्दलाई जोड्दै कसैकसैले भनेजस्तो कसैको विजनेस जोगाइदिने, कसैको विजनेसका लागि लडिदिने काम गर्दैनाँै । ओरोप लगाउनेहरूले के भन्छन् भने नेकपाका सदस्यहरू जोडिएका कलेजहरूलाई सम्बधन दिनका लागि महान गोविन्द केसीले भन्नुभएको कुरा मानेन भन्छन् । त्यो उहाँहरू आफैले मनन् गरे हुन्छ ।

 

हामी त विगतमा दिएका सम्बधनहरू पनि पुनरावलोकन होस् भन्ने चाहना राख्छौँ । हामीलाई अहिले चिन्ता के हो भने सिटामल पनि नपाउने जनतालाई खर्च गर्ने हो । जो पहुँचमा पुग्छन्, तिनीहरू आफै पढेर आइरहेका छन् त । डक्टर मात्रै पढाउने होइन होला इन्जिनियर पनि पढाउने होला  । राज्यले सोच्दा एउटा विधामा मात्रै स्कलरसिप दिने होइन होला नि ।

 

अहिले साथीहरू माथेमा कार्यदलले सिफारिस गरेअनुसार  शेरबहादुर देउवाले जारी गरेको विधेयक नै जस्ताको तस्तै पास भयो भने गरिब विद्यार्थीले पनि डाक्टर नै डाक्टर पढ्न पाउँछन् भनेर भन्दै छन् । बुझे हुन्छ नि त्यो विधेकले के भन्छ ? इन्ट्रान्स त पास गर्नुपर्छ । मेडिकल एजुकेसनमा इन्ट्रान्स पास गर्ने कति गरिबको छोराछोरी होलान् । होलान् केही ट्यालेन्ट साथीहरू उनीहरूले पाउनुपर्छ भन्ने त्यो ठीकै छ । मेडिकल शिक्षामा मात्रै उच्च शिक्षा पढ्नेहरूलाई स्कलरसिप दिनुपर्छ भन्ने उहाँहरूको मत छ ।

 

 

हाम्रो मत के हो भने त्यो मात्रै किन ? इन्जिनियरिङ, कृषिमा किन नगर्ने ? प्राविधिक शिक्षा थुप्रै विषयका छन् । त्यसमा ध्यान दिने कि नदिने भन्ने हो । त्यसकारण पहिलो कुरा विषयको मामिलामा नेकपाभित्र कुनै विवाद छैन । तर केसीले उठाउनुभएको विषय सबै ठीक छन् त भन्ने हाम्रो जिज्ञासा छ ।

 

उहाँले उठाउनुभएका सबै विषय ठीक छन् भन्नेमा हामी त्यति कन्भिन्स हुन सकेका छैनौँ । त्यसकारण सदनले जे गर्छ, त्यो मान्छौँ भनेका हौँ । सदनमा विपक्षी पनि छन् । सत्ता पक्ष पनि छन् । यदि त्यो विधेयक छलफलमा लैजानै पर्ने थिएन भने अस्ति रोकिएको दिन काङ्ग्रेसको एक जना सांसदले विरोधको सूचना जारी गर्नुभएको थियो । उहाँ प्रक्रियामै छिरिसक्नुभएको थियो । अहिले फेरि रातारात त्यसमा के सोच आएर रोक्नुभयो, त्यसमा हामीलाई आश्चर्य लागिरहेको छ ।

 

हामी एउटा कुरामा चिन्तित छौँ, त्यो के भने एक जना नागरिक पनि तलमाथि हुनुहुन्न । डा. केसीको जीवनमाथि कसैले खेलवाड गर्न हुन्न । भन्न त भनिन्छ गोविन्द केसी आफै लाग्नु भएको हो तर मलाई के लागिरहेका छ भने गोविन्द केसीलाई उल्क्याउने साथीहरूले उहाँको जीवन तलमाथि भयो भने सोचून् ।

 

हाम्रो गम्भीर चासो यहाँ छ । समाजमा दुई खालका मान्छे छन् । म स्पष्ट पार्न चाहान्छु, एक खालका मान्छे टाउकोबाट सोच्छन् । एकखालका मान्छे पेटबाट सोच्छन् । पेटबाट सोच्नेहरूले प्रधानमन्त्री, मन्त्री र हाम्रा पार्टीका नेताहरूको अवमूल्यन गर्दै छन् । त्यसो नगर्दा नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।

 

संसद स्थगित गरेर सरकारले गलत काम गरेको भन्नेहरू पनि छन् ?

दुईवटा कुरा छ । संसद रोकेर ग्रेस दिएको हो नि । सभामुखज्यूले समस्या टु¨िन्छ भने संवाद होस् भनेर यसो गर्नुभएको होला । प्रस्तुत भएको विधेयकमा छलफल नहोस् भनेर नै होला । अलिकति समय दिनुभएको हो । त्यो हिसाबले हेर्ने हो भने संसद रोकेर राम्रै भयो, यदि उहाँहरू सहमति र छलफलमा आए । अब उहाँहरू सहमतिमै नआउने हो भने ४–५ दिन खेर जाने भयो । तर संसदको आफ्नो प्रक्रिया अघि बढ्छ ।
 

–केसीले राखेको मागमा प्रधानमन्त्रीको पोजिसन के हो ?

यसमा प्रधानमन्त्रीले पोजिसन बनाउनै पर्दैन । शिक्षा मन्त्रालयले डिल गरिरहेको छ । यति माथि आउनै पर्दैन । यो त शिक्षा मन्त्रालयको एउटा शाखाले डिल गर्ने विषय हो । किन सबै ठाउँमा प्रधानन्त्रीलाई लग्नुपर्यो ? यो हाम्रो एउटा मन्त्रालयसँग सम्बन्धित विषय हो ।

 

हाम्रा मन्त्रीले त्यसलाई कुशलतापूर्वक डिल गरिरहनु भएको छ । सबै कुरा प्रधानमन्त्रीको टाउकोमा ल्याएर, प्रधानमन्त्रीलाई डिस्क्यारेच गरेर नेकपाको सरकार काम लागेन भनेर रोटी सेक्नेलाई किन मौका दिनु ? त्यो जरुरी छैन । प्रधानमन्त्रीले सबै विषयमा हात किन हाल्नुहुन्छ र ? त्यो प्रधानमन्त्रीको चासो पनि होइन । उहाँले ध्यानपूर्वक हेर्नुहुन्छ । आफ्ना मन्त्रीहरूले ठीक ढङ्गले गर्नुभयो कि गर्नुभएन । त्यति मात्रै हो ।

 

 

–सरकारले गठन गरेको वार्ता टोली र केसी पक्षबीच वार्ता भए पनि निकास आएन, प्रधानमन्त्री आफैले चासो दिँदा के हुन्छ ?

पहिलो कुरा त डा. केसीका प्रतिनिधि को हुन् ? त्यो स्पष्ट हुनु पर्यो । केसीजीको प्रतिनिधि काङ्ग्रेस हो कि, विवेकशिल साझाको मान्छे हो कि, नयाँ शक्तिको हो कि, मानव अधिकारवादी हो कि को हो ? उहाँले अधिकृत मुखर गर्नु पर्यो । अहिलेसम्म मैले देखेका मान्छेहरू कोही काङ्ग्रेसका, कोही विवेकशील साझा, कोही सेलिब्रेटी हुनुहुन्छ । कसलाई मान्नुपर्ने हो हामीले ? विभिन्न पार्टीका मोहन वैद्य, गोपाल किराँती माग पूरा गर्नुपर्छ भन्दै पुग्नुभएको थियो रे । त्यसो हो भने को चाहिँ हो केसीजीको प्रतिनिधि ? कोसँग वार्ता गर्नुपर्ने हो ?

 

 

वार्तामा शिक्षा मन्त्रालय मात्रै छैन । शिक्षा सचिव, स्वास्थ्य सचिव र गृहमन्त्रालयका एक गरी तीन जनाको वार्ता टोली छ । यति हाई लेभलको वार्ता टोली हामीले बनाएका छौँ । उहाँहरू विभिन्न राजनीतिक दलका मान्छे लिएर बहस गरिरहनु भएको छ । विवेकशील साझासँग नेकपाको कुरा अहिले किन मिल्थ्यो र ? ऊ एउटा पार्टी हो ।

 

 

उसले विरोधको एउटा एजेन्डा कोही प्राप्त गरेको छ । त्यसैले यसो गरौँ, उसो गरौँ भनेर ठान्छ । काङ्ग्रेससँग कहाँबाट सहमति होला र ? किनभने उहाँको एकजना सांसदले आफ्नो चुनाव प्रचारमै डा. केसीलाई लगाउनुभएको थियो । उहाँले त अहिले पैँचो तिराउन खोज्दै हुनुहुन्छ । त्यसकारण उहाँहरूले सरकारलाई अस्थिरतातिर लैजानु छ । अनि उहाँहरूसँग कहाँबाट वार्ताको कुरा मिल्छ ?

 

 

उहाँहरू सबैलाई पन्छाएर सीधै गोविन्द केसी वार्ता गर्न सक्ने अवस्थामा हुनुहुन्छ त ? केसीको स्वर बसेको छ । नसा सुनिएको छ । पिसाब पहेँलो आएको इत्यादि स्वास्थ्य बुलेटिनमै आइरहेको छ । त्यस्तोमा त हामी सरकार भएर सोच्दा डाक्टर साबको स्वास्थ्य ठीक होस्, नसा सुनिन छाडोस्, आवाज राम्रोसँग आओस् पहिला । अनि बसेर कुरा गरौँला नि त, हामीले नै कुरा गर्नुपर्ने हो भने पनि । मैले हेर्दाखेरी त एकजना सत्याग्रहीको प्रतिनिधि भनेको उहाँ आफै स्वयम् हुन्छ ।

 

विगतको समयमा पनि त्यस्तो भएको छ । जीवन क्षत्रीलगायतले त्यो बेला प्रतिनिधित्व गर्दा पनि उहाँहरूले गरेको कुरा डा. केसीले मान्नु भएन भन्नुभएको थियो । डा. गोविन्द केसी आफै आन्दोलन हो । उहाँको प्रतिनिधि उहाँ आफै हो । यदि यो सत्य हो भने । उहाँ अरूकै एजेन्डामा जानुभएको हो भने उहाँले नै क्लियर गरिदिनु पर्यो, म त उहाँहरूले भनेर बसेको । उहाँहरूसँग वार्ता गर भन्यो भने हामी गर्छौँ । होइन भने उहाँ नै सम्पूर्ण हो नि । डा. केसीलाई कसले लग्यो जुम्ला ? उहाँ त आफैँ जानुभएको होला । आफै गएको हो भने उहाँ आफैँले भन्न सक्नुपर्यो नि सबै कुरा । उहाँले आफै नभनेसम्म हामीले केही गर्न सक्ने कुरा रहेन ।

 

 

 

संविधानले शिक्षा र स्वास्थ्यलाई राज्यले नियन्त्रणमा राख्नुपर्ने कुरामा जोड दिएको छ । तर तपार्ईंंहरू संविधान र आफ्नै चुनावी घोषणापत्र भन्दा उल्टोबाटो हिँडिरहनु भएको छ ?

कसरी हामी उल्टो बाटो गयौँ ? स्वास्थ्य शिक्षा जनताले फ्रिमा पाउनुपर्छ भनेको डा. गोविन्द केसीले अस्पताललाई राष्ट्रियकरण गर्ने वा फलानो अस्पताललाई सम्बन्धन नदिने भन्या त होइन । शिक्षा स्वास्थ्य भनेको के ? टिचिङ हस्पिटल खोल्न भनेको हो र ? गाउँगाउँमा सिटामोल पुर्याउने भनेको हो, अस्पताल पुर्याउने भनेको हो । अहिले साथीभाइहरू अस्पताल चलाउने कुरा गरिरहनु भएको छ ? छैन । आन्दोलनकारी, अनशनकारीहरूले अस्पताल राम्रोसँग चलोस् भनिरहेका छैनन् । कसलाई सम्बन्धन दिने कसलाई नदिने, कहाँ पढ्न पाउने कहाँ पढ्न नपाउने, त्यही मात्र कुरा छ । हामी माध्यमिक तहसम्म निःशुल्क शिक्षा भनि नै रहेका छौँ । हाम्रो चिन्ता नै त्यही हो ।

 

 

अहिले निरक्षर रहेको सङ्ख्या अझै पनि ३० प्रतिशत छन् । ती मान्छेलाई साक्षर बनाउने हाम्रो पहिलो दायित्व हो । कतिपय जिल्लामा ३० प्रतिशत पनि मान्छे साक्षर छैनन् । जस्तो रौतहट, महोत्तरी लिनुस् । ती जिल्लाहरूमा साक्षरताको दर बढाउने हाम्रो चिन्ता छ । त्यसमा लगानी गर्ने हामीले भनेकै छौँ । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा दिऊँ भनेर स्वास्थ्य बिमा हामीले नै थालेको हो ।

 

यो ७० जिल्लामा पुर्याउँदै छौँ । जनता ट्याबलेट खान नपाएर नमर्ने स्थितिमा हामी पुर्याउँछौँ । यो त हामी गरिरहेका छौँ । यो गर्दै गर्दै गएर स्वास्थ्य बिमाको बाटोमा जान्छौँ । भोलि गएर सम्पूर्ण स्वास्थ्य सुविधा दिने बाटोमा त हामी छौँ । यसमा हामी कहाँ अल्मलिएका छौँ र ? यसमा प्रश्न गर्ने ?

 

 

यहाँ झगडा कहाँनेर हो भने नजर एकातिर छ, भनाइ अर्कोतिर छ । निशाना एकतिर, नजर अर्कोतिर लगाएर कुरा नमिलेको हो । उहाँहरूलाई चिन्ता के छ भने कुन कुन अस्पतालले टिचिङ अस्पतालको रूपमा काम गर्न पाउने त्यसको विजनेस अछुण्ण रहोस् । कुन–कुन आए भने बरबाद हुन्छ, त्यसलाई रोक्न पाइयोस् भनेर प्रस्तुत भएर न बिग्रेको हो ।

 

 

जहाँसम्म सरकारको कुरा हो । सरकारको पोजिसन स्पष्ट छ । कसले चलाउने कसले नचलाउने भन्ने कुरा आधिकारिक निकायले एउटा मापदण्ड तय गरोस् । मापदण्ड पूरा भएका सबैले पाओस् । मापदण्ड पूरा नभएका कसैले नपाओस् । पहिले पाएकाहरू पनि मापदण्डभन्दा विपरीत छन् भने त्यो खारेज गरियोस् । किनभने स्वास्थ्य भनेको खेलवाड गर्ने ठाउँ होइन । त्यहाँ क्वालिटीकै मान्छे आउनुपर्छ । डा. केसीले भनेकै एउटा कुरा सही हो । उहाँको मनोमानी त्यही हो भने म एउटा कुरामा सहमत छु । स्वास्थ्य क्षेत्रमा पढ्ने मान्छे कमजोर हुनुहँुदैन । जान्ने नै हुनुपर्छ । तिनीहरू विशेषज्ञ नै बन्नुपर्छ । मान्छेको जीवनसँग खेलवाड गर्न हुँदैन । त्यसैले हाचहुचमा पास गरेका मान्छे भएर हँुदैन । त्यस कुरामा हामी पनि सहमति जनाउँछौँ ।

 

 

–कतिपयले यहीबेला सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गरौँ भनेका छन्, के सरकार यो दिशामा जानेतर्पm सोचिरहेको छ ?

सरकारलाई पहिल्यै अधिनायकवादी भनिएको छ । सरकारले बोल्न लेख्न दिएन पनि भनिएको छ । कम्युनिस्ट सरकारले सबै सम्पत्ति खोस्छ पनि भनिएको छ । यदि अहिले एउटा मात्रै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्ने हो भने निजी क्षेत्रलाई ओलीको अधिनायकवादी सरकार छ । यसले सबै सम्पत्ति राष्ट्रियकरण गर्छ लगानी गर्न नआउ भन्नेलाई एउटा बाटो बनाएको हो । यो त बुझिहालिन्छ नि ।

 

थोडा उहाँहरूले हल गर्न राष्ट्रियकरण गर्नुपर्छ भनेर भन्या हो र ? कुनै समाजवाद आएन भन्ने चिन्ताले भन्या हो र ? समाजवादका नारा कस्ता छन् हामीले बुझेकै छौँ । २०४८ सालदेखि निजीकरणको बाटोबाट हिँडेर देशलाई कङ्गाल पार्नेहरू अहिले समाजवाद भनेर हामीलाई सम्झाइरहेका छन् । त्यसपछि १७ सालमा बीपीले एउटा गाई र झुप्रो घर भन्नु भएको थियो भनेर अहिले गीत गाएर बसिरहेका छन् । बुझ्छौँ नि हामीले यति कुरा त ।

 

 

–सरकारको विरोध गर्नु विपक्षीको राजनीतिक धर्म नै मानिएला तर तपाईंहरूलाई अपेक्षासहित भोट दिएका आमनागरिक पनि सरकारको कामकारवाहीप्रति सन्तुष्ट छैनन् नि ?

विपक्षीको धर्म होइन, पाप मानियो । आम नागरिकले थाहा नै पाउनुभएको छैन । हामीलाई भोट दिने जनताहरू चिन्तापूर्वक हेरिरहनुभएको छ । काम गर्दैछ सरकारले बाटो रोकियो । अब कसरी उम्किन्छ यो झमेलाबाट । गैरइस्यु विषयलाई इस्यु बनाएर सडकमा पोखियो । हाम्रो सपना भङ्ग हुने हो कि भनेर जनता चिन्तित छन् । त्यो चिन्ताकै आधारमा जनताले प्रतिक्रिया व्यक्त गर्छ । उहाँहरूलाई सडकमा को आएको छ । मण्डलामा को बसेको भन्ने चिन्ता छ र ? के मतलब छ । नुवाकोटको एउटा कुनामा बस्ने नागरिकलाई के थाहा । काठमाडौँको मण्डलामा कति भाडाका सेता कोट लगाएर आएर हल्ला गरे भन्ने । त्यो त मिडियाका साथीहरूलाई थाहा छ । विभिन्न कन्सल्टेन्सीमा पढिरहेका विद्यार्थीहरूलाई भाडाका सेता कोट लगाएर उफार्ने काम गरिरहेको छ भन्ने हामीले सुनिरहेका छौँ ।
 

–महँगी बढेको छ । जथाभावी कर लगाइएको छ । यो आमजनताको हितमा नभएको त साँचो नै हो नि ?

पहिला यो कुरामा स्पष्ट हुनु पर्यो । जथाभावी कर लगाएकै छैन । जथाभावी करको गीत गाइएको छ । हो, स्वभाविक ढङ्गले हरेक वर्ष महँगी बढ्छ । त्यो महँगीलाई व्यवस्थापन गर्ने विधि हुन्छ । दुई चार प्रतिशत अहिले पनि महँगी बढेको छ । त्यसलाई व्यवस्थापन गर्ने कुरा हो । त्यसकारण तलब सुविधा, अनुदानबाट यसलाई व्यवस्थित गर्ने हो । कतिपय कुरामा राज्यले अनुदान दिन्छ । अनुदान दिएपछि कतिपय कुराहरू स्वतः व्यवस्थापन हुँदै जान्छ नै । त्यसकारण महँगीप्रति चिन्ता हुनु स्वभाविक कुरा हो । त्यसमा हाम्रो पनि ध्यान गएको छ । जनतालाई सुगमता दिनुपर्छ भन्ने कुरा हो ।

 

बीचमा बिचौलियाको कारणले गर्दा जस्तो खाद्य पदार्थ, तरकारी जस्ता कुराहरूमा कृत्रिम ढङ्गले महँगी बढेको छ । त्यसलाई अनुगमन गरिन्छ । अहिले सबै गर्न हामी कहाँ पाइराखेका छौँ त ? तीन महिनासम्म नियम कानुन नबनाएको कारण सरकार चल्न नसक्ने स्थिति बनाइदिए । खोई सङ्घीयता लागू गरेको ? यो सरकार सङ्घीयता विरोधी छ भनेर भनियो काङ्ग्रेसका साथीभाइहरूले । उहाँहरूलै बनाउनुपर्ने कानुन बनाउनु भएन । दुई तीन महिना राज्यको पुनःसंरचनामा बितायौँ । बजेट, नीति कार्यक्रम लागू गर्ने कार्यक्रम गर्दै थियौँ ।

 

यही बेला उहाँहरूले नचाहिने इस्युहरू ल्याएर सडकमा होहल्ला गर्न थाल्नुभयो । एकोहोरो उहाँहरूले सोसलबाट हल्ला मच्चाइरहनु भएको छ । मेरो विचारमा सहरी क्षेत्रमा बस्ने केही जो सोसलमिडियामा जोडिनुभएको छ । उहाँहरू यी विषयबाट अलि चिन्तित हुनुहुन्छ । तर जो मान्छे सोसल मिडिया प्रयोग गर्दैन, उहाँहरूलाई यस्ता विषयमा चासो भए जस्तो लाग्दैन । किनभने त्यो भनेको हल्लाखोरहरूको कुरा हो । मेरो सरकारले काम गर्न चाहिरहेको छ । तर किन रोकियो भनेर उहाँहरूको चिन्ता छ । त्यसमा हामी पनि चिन्तित नै छौँ ।

 

–तपाईं आफै भन्नुस्, यो पाँच महिनामा सरकारले जनताका लागि यो यो काम गरेको छ भनेर ?
सबैभन्दा पहिला संविधान कार्यान्वयनको कुरा आयो । संविधान कार्यान्वयनको कुरा जनतालाई के मतलव भनेर चाहिँ नभन्दिनु होला । किनभने संविधानको कार्यान्वय पहिलो कुरा हो । ७ सय ६१ वटा सरकारलाई चलाउने भन्ने कुरा ख्याल ठट्टा होइन होला । पहिलो पटक हामीले वित्तीय सङ्घीयता लागू गर्यौँ ।

 

पहिला त केन्द्रीकृत बजेट बनाउँदा मेरो गाउँको पुल भनेर जो बोले पनि हुन्थ्यो । अहिले मेरो गाउँको पुल बनाउने मामिलामा मेरो गाउँपालिका वा नरगपालिका, प्रदेशले गर्ने हो कि अथवा केन्द्रले गर्ने हो भनेर छुट्याउनु पर्यो । त्यसलाई पनि हामीले व्यवस्थित गरियो । त्यसको एक वर्षमा नतिजा देखिन्छ । त्यसपछि हामीले पहिलेदेखि अड्केका धेरै प्रक्रियाहरू थिए । जस्तो भारतसँग गरेका सम्झौताहरू ।

 

 

चार पाँच महिना ठूलो कुरा त होइन । कार्यालय व्यवस्थित गर्ने जस्ता कामहरू, जस्तै सबै नेपालीले आपत्ति मानेको विराटनगरको अस्थायी कार्यालय त्यो हट्यो । त्यपछि बाढीले डुबान हुने ठाउँमा भारतले वास्ता गरेको थिएन नेपाल सरकार बोल्न सकेको थिएन भन्ने कुरा थियो ।

 

त्यहाँ ज्वाइन्ट टिम गएर त्यसलाई म्यानेज गर्ने कुरा भएको छ । नेपालको हवाइजहाज आउने जानेबाटोमा ट्राफिक जाम भयो । अरू इन्ट्री रुटहरू चाहियो भनेर भनिएको थियो । त्यसको लागि चारवटा अतिरिक्त रुटको व्यवस्थापन भयो । अथवा यसलाई सारमा भन्दा भारतसँग जोडिएका तर जाममा रहेका विषयहरू टाइमलाइनमा पुर्याउने काम भयो । यो जनताको पक्षमै भएका काम हुन् । दोस्रो बजेट मुख्य कुरा हो । मान्छेले बुझेनन् वा बुझ्न दिइएन ।

 

 

अलिहे कम्तीमा पनि दुईदेखि २० करोडसम्म एउटा गाउँपालिकामा केन्द्रबाटै बजेट गएको छ । यो हिसाबले बजेट र नीति कार्यक्रम लागू गर्नु कुनै ख्याल ठट्टा होइन । त्यो उपयुक्त काम हामीले गरेका छौँ । चीन भ्रमणसँग जोडिएका कतिपय विषयहरू छन् । जस्तो उत्तरी भेग खासगरी हिमाली जिल्लाहरू । यहाँबाट बाटो बन्द हुँदा इमरजेन्सी कतिपय कुरा सहयोग गर्न सक्दैनथ्यौँ । अहिले तिब्बतीयन हाइवे प्रयोग गर्ने प्रोटोकल पास गर्यौँ । त्यसमा सहमति जनायौँ । अब त्यो उत्तरी भेगका कम्तीमा १५ जिल्लाका जनतालाई आवश्य पर्ने इमरजेन्सी सामानहरू त्यहाँबाट आपूर्ति गर्न सक्ने भयौँ । त्यसका अतिरिक्त कर्मचारीलाई व्यवस्थापन गर्नै कुरा पनि भयो । सिन्डिकेट अन्त्य गर्यौँ । पहिला एउटा गाडी जाँदा कति ताण्डव हुन्थ्यो ? अहिले त्यस्तो छैन । सबैले रुट पाएको छ ।

 

 

त्यसमा कम्पिटिसन सुरु भएको छ । असार ३० गतेसम्म हामी केही गर्नै सक्नैनथ्यौँ । साउन १ देखि यो लागू भयो । हो यो पूरै व्यवस्थित भएको छैन । व्यवस्थित हुन्छ तर केही समय लाग्छ । त्यस्तै काम नगर्ने ठेकेदारहरूलाई दैनिक जरिवाना गरिरहेका छौँ । उनीहरूलाई टाइमलाइन दिएको छ । त्यो समयमा भएन भने थप कारवाही हुन्छ । यी सबै जनताको हितमा गरिएका काम हुन् ।
 

अहिले सुरुमा के हुन्छ भने रोपाइँ रोप्नासाथ तपाईंले रोपाइँ गर्नुभयो कि भएन भनेर सोध्दा जवाफ रोपाइँ गरे भन्न सजिलो हुन्छ । रोपाइँ गर्ने बेला तपार्इंले बाली काट्नु भयो कि भएन भनेर प्रश्न गर्यो भने जवाफ अफ्ठ्यारो हुन्छ । त्यसैले यो पाँच महिनामा रोपाइँ गरेका छौँ हामीले । यो हुर्किंदै जान्छ र बाली आउने त मङ्सिर पुसतिर होला । त्यतिबेलासम्म उहाँहरूले पाउनुहुन्छ ।
 

–प्रधानमन्त्रीले यति ठूलो पार्टीमा लेखने–बोल्ने मान्छे छैनन् कि क्या हो भनेर गुनासो गर्नुभयो । नेकपा र सरकारबीचको किन तालमेल मिलेन ?

हाम्रा नेता कार्यकर्तामा के रह्यो भने यो कुनै ठूलो विषय हैन । ठूलो विषय नभएपछि किन बोलिरहनु । किन लेखिरहनु भन्ने हाम्रा कार्यकर्ता, बुद्धिजीवीहरूले सम्भवत त्यो ठानिदिनुभयो । त्यसपछि विपक्षी छिचरो ढङ्गले आइरहँदा के छुद्र ढङ्गले प्रस्तुत हुने भनेर शालीनता देखाउनुभयो । प्रधानमन्त्रीले त्यो शालीनता र त्यो मौनतालाई तोड्नु भनेर आग्रह गर्नुभएको हो । त्यसपछि सबैले देखिरहनुभएको छ । सबै लेख्न र बोल्न थाल्नुभएको छ । विपक्षीसँग हामी शालीन ढङ्गले प्रस्तुत हुँदा ठीक होला भन्ने उहाँहरूले ठान्नु भएहोला । प्रधानमन्त्रीले अब बोल्नुस् भन्नु भएपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबै मिडियामा बोल्न थाल्नुभयो ।

 

 

–नेकपाको अर्का अध्यक्ष प्रचण्ड, नेताहरू माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठजस्ता शीर्ष नेता सरकारको काममा बोल्नुभएको छैन् । उहाँहरूले प्रधानमन्त्रीसँग केही कुरा गर्नुभएको छैन् हो ?

कति बोल्नुपर्ने मात्रै हिसाब किताब गरौँ । उहाँहरू आफ्नो पार्टीमा आफ्नो तरिकाले बोलिरहनु भएको छ । कम भएको छ भने बोल्नु हुन्छ । पूरै सिनियर नेता हुनुहुन्छ । ९ जनाको कोर टिम छ । सबै निर्णय त्यही टिमले गर्छ । जे–जे निर्णय र पछिल्ला काम भएका छन् सबै त्यही टिमले छलफल गरेर भएका छन् । दिनदिनै प्रधानमन्त्रीसँग कुरा हुन्छ ।

 

 

–यो बीचमा केही मन्त्री र नेकपाका केही नेतासँग मैले अन्तरवार्ता पनि गरेँ । धेरैले प्रधानमन्त्रीको एकल निर्णयको कार्यशैलीप्रति कहीँ न कहीँ असन्तुष्टि जनाउनुभएको छ, किन होला ?

मैले प्रधानमन्त्रीको सल्लाहकारका हैसियतमा बसेर नेताका बारेमा टिप्पणी गर्न मिल्दैन । तपाईंले प्रश्न गरे पनि त्यसमा मैले जवाफ दिनु राम्रो हुँदैन । त्यसकारण यसमा मैले केही भन्नु उपयुक्त हुन्छ जस्तो लाग्दैन ।
 

–डा गोविन्द केसी प्रकरणमा स्वास्थ्य मन्त्री पनि अहिलेसम्म मौन हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रीले अस्पतालको कुरा गर्ने हो । डा. केसीको जीवन रक्षा गर्न त्यहाँबाट डाक्टर खटाउने कुरा उहाँले गर्नुभएको छ । त्यसमा कुनै उहाँको मौनता छैन । प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री बोलेपछि पोजिसन मानिन्छ । पोजिसन मानिने भएकाले नबोल्नु भएको होला । हामीले बोल्न मिल्ने जति बोल्नुपर्छ । हाम्रो प्रणालीलाई सुधार गर्नुपर्ने विषयमा कोही अनशन बसिरहनुपर्दैन । अनशन बस्नेले पनि यसरी चिन्ता लिइरहनुपर्छ जस्ता लाग्दैन । किनभने हामी प्रणाली सुधारका लागि आएका हौँ । प्रणाली सुध्रन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
 

 

–प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयबीच र अन्तर मन्त्रालय समन्वयको अभाव देखिएको छ । यो हल गर्ने विषयमा प्रधानमन्त्री कार्यालयको केही योजना छ ?

अन्तर मन्त्रालय समन्वय भन्ने दुईवटा पाटो हुन्छ । पहिलो क्याबिनेटमा कुरा गर्ने हो । दोस्रो उहाँहरूले खाँचो देख्नुभएको छ भने सीधै प्रधानमन्त्रीलाई भेटेर कुरा गर्ने हो । यही भएर त हो । इतिहासमा पहिलो पटक सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमलाई कसरी बुझाउने । सबै मन्त्री र सचिवहरूले एक ठाउँ बसेर बोल्नुभएको छ । यसलाई कसरी लागू गर्ने, रकम कति छ भनेर एकै ठाउँ बसेर बोल्नुभएको छ । उहाँहरूले त्यही अनुसार लक्ष किटान गर्नुभएको छ । म अनुगमन गर्छु, ममाथि पनि अनुगमन गर्नुस् भनेर उहाँहरूले भन्नुभएको छ । प्रधानमन्त्रीले सबैको अनुगमनमाथि अनुगमन हुन्छ भनेर भन्नुभएको छ । योभन्दा समन्वय त के हुनुपर्यो र ? उहाँहरूले प्रत्येक चार–चार महिनामा मूल्याङ्कन गर्नु हुन्छ । प्रत्येक ७ दिनमा रिपोर्ट बुझाउने र त्यसलाई डिजिटलाइज गर्ने भनिएको छ । यो ठूलो कुरा हो नि ।
 

–सरकारले गरेका केही महत्वपूर्ण निर्णयहरू, जस्तो कि देउवा सरकारका नियुक्ति खारेज, मण्डलालाई निषेधित क्षेत्र बनाउने लगायतका निर्णय अदालतले उल्ट्याउने गरेको छ । यसले त यो सरकारका निर्णयहरू प्रक्रियागत रूपमा गलत थिए भन्ने सन्देश गयो नि ?

त्यसो नगर्दा राम्रो हुन्थ्यो हाम्रा लागि । फलानो दिनमा सम्म स्टे गर्दे भनिएको छ । त्योभन्दा उता के भन्ने फैसला दिइसकेको छैन । फैसला आएपछि तपाईंले भने जस्तो कुरा भयो । राजनीतिक हिसाबले ठीक भए पनि कानुनी हिसाबले गलत रहेछ भनेर निष्कर्ष निस्केला । अहिले अदालतले मैले सोधपुछका लागि मैले जान्नुपर्ने भयो । मैले जान्नका लागि निर्णय कार्यान्वयन नगर भन्या त हो । हामीले पनि सोच्नुपर्ने बेला आउँछ त्यतिबेला । निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्ति गर्न मिल्थ्यो मिल्दैनथ्यो । यदि मिल्छ भने आचारसंहिता किन लागू गर्ने ? त्यो बहस पैरवीमा सरकारको तर्फबाट पनि जाला । सम्मानित अदालतले त्यसलाई सुनुवाइ गर्ला । त्यसपछि जे फैसला हुन्छ, त्यो नै हामीले स्वीकार गर्नुपर्ने होला ।
 

–मन्त्रीहरूको पर्फर्मेन्समा प्रधानमन्त्रीज्यू सन्तुष्ट हुनुहुन्छ कि काम पुगेन भन्ने नोटिसमा हुनुहुन्छ ?

टिप्पणी गर्ने बेलै भएको छैन । किन भने हामी भर्खर लागू गर्दैछौँ । यसभन्दा अगाडि सबैले बुझ्ने र ट्र्याक बनाउने कुरा भयो । जतिसक्यो आ–आफ्नो ठाउँमा उहाँहरूले गर्नुभएको होला । अहिलै मूल्याङ्कन गर्ने समय भएको छैन । कमसेकम ६ महिना त काम गरेर हेर्नुपर्यो । बजेट कार्यान्वयन भएको २ महिना पर्खिनुपर्यो । कसैले गलत काम गरेको छ भने त्यो छुट्टै कुरा भयो । बोलाइमा शालीनता हुनुपर्छ । किनभने सरकारको पोजिसनमा बोल्ने हो ।
 

–प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरेको आरोप छ नि ?

प्रधानमन्त्री आफैँ शक्ति हो । २५ वटै मन्त्रालय प्रधानमन्त्रीको मातहत हो । किनभने शब्द ठीक होइन त्यही पनि म भन्छु । प्रधानमन्त्रीका लागि मन्त्रीहरू भनेको यट्याजलेबल सरह हो । कुनै मन्त्रीले राजीनामा दिनुभयो भने प्रधानमन्त्रीलाई केही असर पर्दैन । तर प्रधानमन्त्रीले राजीनामा दिनुभयो भने सबै मन्त्रीहरू बाटो लाग्नुपर्छ । त्यसकारणले गर्दा  प्रधानमन्त्रीले शक्ति केन्द्रीकरण गर्यो भनेको नबुझ्नेले भन्ने कुरा हो । संसदीय प्रणालीमा शक्ति नै प्रधानमन्त्री हो । क्याबिनेटमा डेमेक्रेसी हँुदैन । प्रधानमन्त्री अल पावरफुल हो । क्याबिनेट बसिरहेको बेलाम प्रधानमन्त्रीले भनेपछि सकियो । जङ्गे टेलटेल भन्या जस्तै हो त्यहाँ । त्यसकारण प्रधानमन्त्रीले कार्यालयमा शक्ति केन्द्रीकृत गर्यो भनेर कसैले भन्छ भने त्यो नबुझेर हो ।

 

-अर्को पनि ओरोप लाग्ने गरेको छ । प्रधानमन्त्रीले ‘इगो’को राजनीति गर्नुभएको छ भनेर ?

त्यो भन्ने मान्छेहरूले किन भने त्यो उहाँहरूलाई नै सोध्दा राम्रो होला । किनभने प्रधानमन्त्रीले इगो राख्दै राख्नुहुन्न । उहाँले इगो राख्ने हो भने त एमाले र माओवादी एकता नै हुने थिएन । तपाईं हामीलाई थाहा छ नि प्रचण्ड कमरेड केपी ओली कमरेडबीचमा चल्ने संवाद कस्ता हुन्थे । कसरी दुई जनाका बीचमा सर्लक्कै सहमति भयो र एकता भयो । केपी ओली सीधा बोल्नु हुन्छ । हाँकाहाँकै बोल्नु हुन्छ । मान्छेलाई मन पर्ने कुरा बोल्नुहुन्न । जे ठीक लाग्छ, त्यो बोल्नुहुन्छ । एक्लै भए पनि बोल्नुहुन्छ । हिजोको दिनको कुरा टेपरेकर्ड पनि त्यही हो । त्यसकारण इगो भन्ने उहाँको शब्दकोशमै छैन ।

–अनि सरकारले गरेका कामको अनभूति जनताले कहिले महसुस गर्न पाउँछन् ?

होहल्ला नभएको भए भोलिदेखि पाउँथे । होहल्लाले गर्दा हाम्रा राम्रा काम छायामा परेका छन् । राम्रा कामहरू सतहमा देखिनासाथ जनताले क्रमशः अनुभूत गर्दै जान्छन् । केही अनुभूत गरिसेका छन् ।रातोपाटीबाट

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति