‘शुभ लभ’ बाट युवा ज्योतिष हरिहर अधिकारीले नायकमा डेव्यु



हाम्रो इकोनोमि

फिल्म ‘शुभ लभ’ निर्माण गर्ने घोषणा भएको छ ।

‘शुभ लभ’बाट युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा डेव्यु गरेका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको औपचारिक घोषणा भएको गरिएको हो ।

चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार उदयले फिल्मको निर्माण गर्न लागेका हुन् ।

फरक प्रेम कथा भनिएको फिल्म ‘शुभ लभ’ मा हरिहरसंग मिस टिन २०१७ कृष्टिन पौडेलले रोमान्स गर्नेछिन् ।

सन्तोष बाबु लोहनीको निर्देशन रहने फिल्ममा हरिहर र कृष्टिनीसँगै नायक प्रदीप बास्तोला, डाक्टर सूर्या थापा, अभिनेता सरोज खनाल, कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय रहेनछ ।

साथमा कार्यकारी निर्माता उदय पनि अतिथि भूमिका रहनेछन् ।

भदौ १५ गतेदेखि छायाँकन सुरु फिल्मलाई चैत १५ गते प्रदर्शन गरिने प्रदीप कुमारले बताए ।

अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहरकै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

‘शुभ लभ’ बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ ।

कस्ट्युम डिजाइन रोबिन परियारले गर्नेछन् । फिल्मको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायत क्षेत्रमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...