‘शुभ लभ’ बाट युवा ज्योतिष हरिहर अधिकारीले नायकमा डेव्यु



हाम्रो इकोनोमि

फिल्म ‘शुभ लभ’ निर्माण गर्ने घोषणा भएको छ ।

‘शुभ लभ’बाट युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा डेव्यु गरेका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको औपचारिक घोषणा भएको गरिएको हो ।

चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार उदयले फिल्मको निर्माण गर्न लागेका हुन् ।

फरक प्रेम कथा भनिएको फिल्म ‘शुभ लभ’ मा हरिहरसंग मिस टिन २०१७ कृष्टिन पौडेलले रोमान्स गर्नेछिन् ।

सन्तोष बाबु लोहनीको निर्देशन रहने फिल्ममा हरिहर र कृष्टिनीसँगै नायक प्रदीप बास्तोला, डाक्टर सूर्या थापा, अभिनेता सरोज खनाल, कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय रहेनछ ।

साथमा कार्यकारी निर्माता उदय पनि अतिथि भूमिका रहनेछन् ।

भदौ १५ गतेदेखि छायाँकन सुरु फिल्मलाई चैत १५ गते प्रदर्शन गरिने प्रदीप कुमारले बताए ।

अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहरकै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

‘शुभ लभ’ बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ ।

कस्ट्युम डिजाइन रोबिन परियारले गर्नेछन् । फिल्मको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायत क्षेत्रमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...