डाक्टर केसीको कारण यसरी डुब्यो टिचिङ हस्पिटलको ४१ करोड, हाडजोर्नी बिभागमा ६ महिनामा पनि आउँदैन अप्रेशनको पालो



चिकित्सा शिक्षा र सेव सुधारको माग गर्दै २१ दिनदेखि अनसन बसिरहेका त्रिबि शिक्षण अस्पतलक बरिष्ठ चिकित्सक प्राडा। गोविन्द केसीका अन्देलनबट त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ४१ करोड रुपैय भन्दा बढी रकम गुमाउन बाध्य भएको तथ्य खुलेको छ । नेपाली बिद्यार्थीलाई बिदेशी मेडिकल कलेजमा पढन जान बाध्य बनाउने शैक्षिक माफियाको योजनाअनुसार भर्ना हुने समयमा अनसन बस्ने र सदैव अस्पताल रोज्ने केसीको श्वेतग्रिभी अपराधका कारण् टिचिङ अस्पतालले ४१ करोड २५ लाख रुपैया आम्दानी गुमाउनु परेको हो ।

पन्ध्रौं अनसन बसिरहेका डााक्टर केसी हिजोबाट पुनः त्रिबि शिक्षण अस्पतालमा अनसन अघि बढाएक छन । उनले अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनसन बसेक छन । त्रिबि शिक्षण अस्पतालका अनुसार प्रतिदिन २५ लाखक दरले आम्दानी हुने गरेको छ । यसअनुसर केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैया गुमेको छ । यसमाथि डाक्टर केसीको अनसनके लागि चाहिने खर्चसमेत अस्पतालबाटै हुने गरेको छ ।

डाक्टर केसीले २०६९ साल असार २१ गतेबाट अनसन शुरु गरेका हुन । त्यसयता उनले अहिलेसम्म १ सय ८६ दिन अनसन बसेका छन् । जसमध्ये २० दिन जुम्लामा अनसन बसेका हुन् । बाँकी १ सय ६५ दिन डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालमा रोजेका छन । हिजोबाट केसी सोही अस्पतालम अनसन बसेक छन ।

अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न नपइने भएपनि डाक्टर केसीले त्रिबिको नियम मान्दिन, अनुशासन मन्दिन भन्दै आफू अनसन बस्ने र एप्रोन लगाएर अफ्ना बिद्यार्थीलाई अस्पतालभित्र जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्न लगाउनेसम्मको काम गर्दै आएका छन ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार त्रिविले दैनिक विरामीलाई सेवा दिएबापत्त २५ लाख रुपैया संकलन गर्दै आएको छ । केसीका अनसनले अस्पताल नै धरासायी बनेको छ । ‘डाक्टर केसीको आन्दोलन त्रिबि शिक्षण अस्पताललाई निकै महंगो सावित भएको छ, उहाँ आफू अस्पतालको कुनै नियम मान्नुहुन्न, उहाको आदेश राणाकालिन चन्द्र शमशेरको जसरी सवैले मान्नुपर्छ,’ अस्पतालका एक चिकित्सकले भने ।

उनका अनुसार केसीको हाडजोर्नी बिभागम अहिले पनि बिरामीले शल्यक्रियाका लागि कम्तीमा ६ महिना कुर्नुपर्छ । सो बिभागमा काम नगर्ने, अन्य चिकित्सकलाई समेत काम गर्न नदिने भएको कारण हाडजोर्नी बिभागका अधिकांश बिरामी महंगो मुल्य तिरेर निजी अस्पतालमा उपचार लिन बाध्य छन ।

जस्को कारण टिचिङ अस्पतालले ठुलै आम्दानी गुमाउनु परेको छ । ‘मेडिकल मफियाको स्वार्थमा डाक्टर केसीले आफ्नै अस्पताल बर्वाद बनाए, उनको समर्थकले एक पटक डाक्टर केसीले सेवा दिने हाडजोर्नी बिभाग हेर्दा सवै जानकारी हुन्छ,’ ती चिकित्सकले भने, ‘नेपालका गरिब जनताले स्वास्थ्य सुविधा पाउने अस्पताललाई बर्बाद बनाए ।’

चिकित्शा शिक्षाको क्षेत्रमा सुधारको लागि गठित केदारभक्त माथेमा अयोगका सदस्य समेत रहेका डा। भगवान कोइरालाले पनि केसीका कारण आफु त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट राजिनामा दिएर हिड्नु परेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन । डाक्टर केसीका समर्थकले स्लाइन समेत थुतेर फाल्ने, अस्पताललाई अराजक भीड बनाउने अपराध भएपछि आफू मन थाम्न नसकी हिडेको कोइरालाको भनाई छ । डाक्टर केसीले अनसन थालेपछि सरकार परिवर्तन लगत्तै आफ्नो अनसनको ब्यापार अघि बढाएका हुन ।

२०६९ आषाढ २१ गते देखि अनसन शुरु गरेका डा। केसीले पहिलो र दोस्रो अनसन डा। बाबुराम भट्टराई, तेस्रो र चौथो अनसन खिलराज रेग्मी, पाचौं, छैटौं र सातौं अनसन शुशिल कोइराला, आठौं अनसन केपी शर्मा ओली, नवौं र दशौं अनसन पुष्पकमल दाहाल, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनसन शेरबहादुर देउवा गरी सबै प्रधानमन्त्रीको पालामा बसिसकेका छन् । अनसन बस्नु उनको लहड हो ।

विगतमा डा। केसीलाई अनसन बसाएर नेपालमा अस्थिरता सृजना गर्दै नेपालका विद्यार्थीहरुलाई विदेश पठाएर कमिशन खान पल्केका गिरोह आज डा। केसीको माध्यमबाट सत्ता पल्टाउन सकिन्छ कि भनेर चलखेल गर्दैछन् । सम्पूर्ण नेपाली जनताले बुझ्न जरुरी छ । यस्का साथै माफियाको चलखेलमा सिन्डिकेट जारी राख्ने मतियार त बनिरहेका छैनन भन्ने गम्भीर प्रश्न पनि उठेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी