बेलायती प्रधानमन्त्रीको हत्याको प्रयास, यसरी भयो विफल



हाम्रो इकोनोमि

 

इस्लामिक स्टेट आईएसका एक सदस्य बेलायती प्रधानमन्त्री थेरेसा मेको हत्याको षडयन्त्र रचेको आरोपमा पक्राउ परेका छन् ।

बंगलादेशी मूलका नागरिकले बेलायतको डाउनिङ स्ट्रिटमा प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको बताइएको छ ।

नाइमुर जाकारिया रहमान नाम गरेका उक्त व्यक्तिको विषयमा लण्डनमा रहेको ओल्ड बेली अदालतमा सुनुवाई भएको हो ।

उनले डाउनिङ स्ट्रिटको प्रवेशद्वारलाई बमले हानेर ध्वस्त गर्दै सुरक्षाकर्मीहरुको हत्या गर्ने र त्यसपछि प्रधानमन्त्रीलाई चक्कु वा बन्दुकले हानेर हत्या गर्ने योजना बनाएका थिए ।

यो षडयन्त्र अमेरिकाको एफबीआई, बेलायतको एमआई ५ र स्कटल्याण्डको यार्डजस्ता गुप्तचर संस्थाहरुको सहयोगमा विफल भएको हो ।

समाचारमा बताइएअनुसार पक्राउ गरेका उक्त व्यक्तिले गुप्तचर अधिकारीहरुलाई आफूले संसदमा एक आत्मघाती हमला गर्ने योजनामा रहेको बताएका छन् ।

उनले आफूले प्रधानमन्त्री मे को हत्याको योजना बनाएको पनि स्वीकार गरेका छन् । उनले एक ठुलो सवारी संसदसम्म लैजाने कोही मान्छै पाए संसदमा बम विष्फोट गर्ने योजना रहेको बताएका हुन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...