उपचारका लागि एकाबिहानै अस्पताल पुगेका विरामीको आक्रोश आजको क्षतिपुर्ति डाक्टरले दिनुपर्छ



वीर अस्पतालको प्रांगण । एकाबिहानै उपचारका लागि त्यहाँ पुगेका सयौंका संख्यामा विरामी । जब अस्पताल पुगे । तब मात्र चाल पाए अस्पतालका चिकित्सकहरुको आन्दोलनका बिषयमा ।
देशका दुर्गम भागबाट उपचारका लागि अस्पताल आइपुगेका विरामीहरुको आक्रोश सुन्न पाइथ्यो । यस्तै मध्यका आक्रोश पोख्ने महिला थिईन भ्रष्टाचार विरुद्धको अभियन्ता शारदा भुषाल ।
उनी डाक्टरको गतिविधिप्रति आक्रोशित देखिइन् । आक्रोश पोख्दै थिईन ‘आजको एक दिनको तलब डाक्टरहरुले बिरामीहरुलाई दिनुपर्छ ।’
ती महिलालाई चौतर्फी सबैले घेराबन्दी गरेर एकटकले हेरिरहेका छन् । उनलाई अन्य महिलाहरुले पनि घरि घरि साथ दिइरहेका देखिन्छन् । सुरक्षाकर्मीहरु कोही गेटमा त कोही बाहिर तैनाथ छन् भने कर्मचारीहरुचाहिँ अस्पतालभित्र बसेर केही काम गरिरहेकाजस्ता देखिन्छन् । तर, बिरामीका आफन्तहरु केही सोधखोज गर्न आउँदा ‘आज बन्द’ भन्दै फर्काएको देखिन्छ ।
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसी स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै जुम्लामा १५औँ आमरण अनसनरत छन् । यद्यपि, सरकारले डा। केसीको मागको सम्बाधेन १५औँ पटकसम्म पनि नगरिदिएपछि देशभरका सरकारी अस्पतालले आफ्नो सेवा बन्द पारेसँगै स्वास्थ्य उपचारका लागि सबेरै अस्पताल आएका बिरामीहरु बिचल्लीमा परेका छन् । बिहीबार वीरमा आएका सयौँ बिरामीहरुको यस्तै बिचल्ली देखियो । बिहानैदेखि उपचारका लागि आएका उनीहरुलाई सूचना टाँस गर्दै अस्पताल बन्द गरिएको ढिलो जानकारी दिए पछि बिरामीहरु आक्रोसितसँगै आन्दोलनमा उत्रिने सरकारी चिकित्सकहरुले एक दिनको तलब विरामीहरुलाई वितरण गर्नुपर्ने बताउँछन् ।
बिरामीहरुमाथि राजनीति गरिएको भन्दै आक्रोसित भीडले गोविन्द केसीले उठाएका मागहरु जायज भए पनि वैकल्पिक स्वास्थ्य सेवाको व्यवस्था नगरी एक्कासी सूचना टाँस गरी बन्द गर्नु आफूहरुको घोर आपत्ति रहेको बताए । बिहान आठ बजे नै आमाको स्वास्थ्य उपचारका लागि टोखाबाट आएका सुविन्द्र श्रेष्ठ डा। गोविन्द केसीले उठाएका मागहरु अत्यन्तै जायज भए पनि सरकारी अस्पतालले अन्य बिरामीको ज्यान मार्ने अधिकार नरहेको सुनाए ।
‘डा। गोविन्द केसीज्यूले उठाउनुभएको माग एकदमै जायज छ तर, अस्पतालको प्रांगणमा बिरामी उपस्थित भए पछि सूचना टाँसेर बन्दको घोषणा गर्नु उत्तम कार्य होइन ।’

के भन्छन उपभोक्तावादी ?
ज्योति बानियाँ, उपभोक्तावादी
फेरी यहिँ दृश्य दोहोरिएमा अदालत जान बाध्य हुनेछौँ
उपभोक्तावादी ज्योति बानियाँको सरकारी चिकित्सकले अधिकारभन्दा बाहिर रहेर अनावश्यक कार्य गरिरहेको उनको ठहर छ । सामाजिक संस्थाले कसैको ज्यान जोखिममा पारेर काम गर्न पाउने अधिकार नरहेको सुनाउँदै उनी भन्छन्, ‘सामाजिक संस्थाले अधिकारभन्दा बाहिर रहेर कुनै काम गर्न पाउँदैन । डा। गोविन्द केसीको सरकारी अस्पतालले यस्तो कार्य गर्नु भनेको थप बद्नामी कमाउनु हो ।’
अहिले यस विषमा राजनीतिक दलको संलग्नता रहेकाले पार्टीेले हार्ने कि जित्ने जस्तो अवस्था रहेको पनि उनी सुनाउँछन् । ‘अहिलेको बन्द र हड्ताल गरिनुको पछाडि राजनीतिक दलको संलग्नता रहेकाले पार्टीले हार्छ कि जित्छ भन्ने खालको दृश्य स्पष्ट देखिन्छ । यो बिल्कुलै गलत कार्य हो । हामीले पनि आज एक दिनका लागि मात्र हो भनेर चिकित्सकहरुले जानकारी गराएपछि ‘हेरौँ’ भनेर खुल्ला छाडेका छौँ तर भोलिदेखि पनि यहिँ दृश्य दोहोरिएमा अदालत जान बाध्य हुनेछौँ । जब कि असंख्य बिरामीहरुलाई बेवास्ता गरेर यस्ता खालका कार्य गर्न पाइदैन ।’
ण्ण्ण्
प्रेमलाल महर्जन, उपभोक्तावादी
तत्काल आन्दोलन फिर्ता हुनुपर्छ
अस्पताल भनेको डा। गोविन्द केसी र सरकारभन्दा बाहिर रहेर विरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गर्ने संस्था भएको उपभोक्तावादी प्रेमलाल महर्जन बताउँछन् । सरकारी अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिनु सर्वथा सरासर गलत र कानूनभन्दा बाहिर रहेर कसैलाई काम गर्न छुट नभएको उनको बुझाइ छ ।
भन्छन्, ‘सार्वजनिक संस्थामा न सरकारको न डा। गोविन्द केसीको राज चल्छ सिर्फ चल्छ छ बिरामीहरुलाई स्वास्थ्य सेवा उपलब्त्र गर्ने मात्र । तर, अहिले त्यहिँ सार्वजनिक संस्थाका कर्मचारीहरु डा। गोविन्द केसीको मागको समर्थन गर्दै सरकारी अस्पताल नै ठप्प बनाएर आन्दोलनमा उत्रिएका छन् । यो भन्दा गैरकानूनी काम नै के हुन सक्ला र १’
उनी भन्छन्, ‘जब कि गोविन्द केसी र सरकारबीच देखिएको वर्तमान द्वन्द्वमा बिरामीहरुलाई मार्न पाइदैन । यसका लागि कि सरकारी अस्पतालले वैकल्पिक स्वास्थ्य व्यवस्था गरिदिनुपर्छ । यसरी गोविन्द केसीको माग र आन्दोलनको रुप अर्कातिर छ । त्यससँग सम्बन्धित नै छैन । अहिले सरकारी चिकित्सकले गरेका कार्यहरु सर्वथा गलत छ तत्काल यो आन्दोलन फिर्ता लिएर बिरामीहरुको सेवामा उपचार सेवामा खट्न जरुरीछ । डा। गोविन्द केसीको माग जायज भएको खण्डमा अस्पताल नै बन्द गरेर यस्ता खालका काम गर्न पाइदैन । तत्काल अस्पताल सूचारु हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण