गायिका मन्जु पौडेल र सन्तु थापाको तीज गीतमा नायिका निता ढुंगाना र दिपेन्द्र घिमिरेको रोमान्स



हाम्रो इकोनोमि

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको तीज गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ ।

नायिका निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो ।

आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार तथा उद्घोषक पनि हुन् ।

उनले तीज गीतमा भने पहिले चोटि मोडलिङ गरेको बताए ।
‘आधुनिक र लोकगीतमा पहिला पनि काम गरेको थिएँ ।

तर तीज गीतमा पहिलो चोटि हो ।

गाह्रो होला कि जस्तो लागेको थियो तर गायिका मञ्जु पौडेल र नीताको सहयोगका कारण सजिलो भयो,’ दिपेन्द्रले भने ।

नीताले पनि दिपेन्द्रको काम प्रोफेसनल मोडलभन्दा कम नरहेको बताइन् ।

‘उहाँलाई मैले पत्रकारको रुपमा मात्र चिनेको थिएँ तर राम्रो नृत्य पनि गर्नुहुँदो रहेछ। कलाकारितामा पनि उहाँको भविष्य राम्रो छ,’ नीताले भनिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...