गायिका मन्जु पौडेल र सन्तु थापाको तीज गीतमा नायिका निता ढुंगाना र दिपेन्द्र घिमिरेको रोमान्स



हाम्रो इकोनोमि

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको तीज गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ ।

नायिका निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो ।

आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार तथा उद्घोषक पनि हुन् ।

उनले तीज गीतमा भने पहिले चोटि मोडलिङ गरेको बताए ।
‘आधुनिक र लोकगीतमा पहिला पनि काम गरेको थिएँ ।

तर तीज गीतमा पहिलो चोटि हो ।

गाह्रो होला कि जस्तो लागेको थियो तर गायिका मञ्जु पौडेल र नीताको सहयोगका कारण सजिलो भयो,’ दिपेन्द्रले भने ।

नीताले पनि दिपेन्द्रको काम प्रोफेसनल मोडलभन्दा कम नरहेको बताइन् ।

‘उहाँलाई मैले पत्रकारको रुपमा मात्र चिनेको थिएँ तर राम्रो नृत्य पनि गर्नुहुँदो रहेछ। कलाकारितामा पनि उहाँको भविष्य राम्रो छ,’ नीताले भनिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...