२०२२ मा हुने विश्वकपमा नेपाली सुरक्षाकर्मी लैजान कतार इच्छुक



हाम्रो इकोनोमि

चार वर्षपछि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ ।

सोमवार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको बताउनुभएको हो ।

राजदुत युसुफले नेपाल सुरक्षाकर्मी विश्वकपको प्रयोजनका लागि कतार लैजान कुनै प्रकारको सम्झैता गर्नुपरे पनि त्यसका लागि कतार तयार रहेको बताउनुभएको हो । भेटमा गृहमन्त्री थापाले कतारमा रहेका नेपाली कामदारको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग छलफल गर्नुभएको थियो । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीको शिलशिलामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...