फ्रान्सको फुटबल टोलीलाई दिइयो देशकै सर्वोच्च सम्मान, युवाले पसलबाट चोरेर खाए रक्सी



हाम्रो इकोनोमि

 

रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिएको छ ।  फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो ।

 

विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरेका थिए ।  विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो टोलीलाई स्वागत गर्न सोमबार पेरिस विमानस्थलमा ठूलो सङ्ख्यामा प्रशंसकको भीड लागेको थियो ।

 

देशका विभिन्न स्थानमा फुटबल प्रशंसकले खुसियाली मनाएका थिए । केही ठाउँमा झडपसमेत भएको समाचार आएको थियो । पेरिसको केही स्थानमा युवाले पसलबाट रक्सीसमेत चोरेका थिए । यस्ता घटनाका बावजुद पनि प्रशंसकमा खुसियाली मनाउने उत्साहमा कुनै कमी नआएको बताइएको छ ।

 

यातायात विभागले पेरिसका केही स्टेशनमा खेलाडीको नाम राखेर खुसियाली मनाएको थियो । उक्त विभागले पेरिसमा मङ्गलबार यात्रुलाई निःशुल्क यात्रा पनि गराएको थियो ।  फ्रान्सले यो दोस्रो पटक विश्वकपको उपाधि हात पार्न सफल भएको हो । यसअघि सन् १९९८ मा पहिलो पटक यो उपाधि प्राप्त गरेको थियो । २० वर्षपछि फ्रान्सलाई यो सौभाग्य फेरी जुरेको छ ।

 

यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो ।  क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको उसको यात्रा पनि हालसम्मकै ठूलो सफलता थियो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा नै व्यापक चर्चा चलेको छ ।

 

साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडीप्रति दर्शाएको प्रेमले उनीहरुमा प्रेरणा प्राप्त भएको बताइएको थियो ।  दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्तगर्दै रोएका खेलाडीलाई राष्ट्रपति कोलिन्डाले प्रेमपूर्वक सान्त्वना दिएको दृश्य विश्वकै सञ्चारमा छाएको थियो ।

 

उता क्रोएसियामा पनि दोस्रो भएर फर्किएका आफना खेलाडीहरुलाई सरकार र सर्वसाधारण खेल प्रेमीहरुले भव्य स्वागत गरेका छन् । करिब ४१ लाख जनसङ्ख्या भएको यस मुलुकमा लाखौँ व्यक्तिको भीडले स्वागत गरी खुसियाली मनाएको दृष्य अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलले देखाएका छन् ।

रुसमा करिब एक महिना चलेको २१औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट सकिएको छ ।  यस महाकुम्भको २२औँ संस्करण सन् २०२२ मा कतारमा आयोजना गर्ने तय भएको छ ।एएफपी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...