फ्रान्सको फुटबल टोलीलाई दिइयो देशकै सर्वोच्च सम्मान, युवाले पसलबाट चोरेर खाए रक्सी



 

रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिएको छ ।  फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो ।

 

विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरेका थिए ।  विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो टोलीलाई स्वागत गर्न सोमबार पेरिस विमानस्थलमा ठूलो सङ्ख्यामा प्रशंसकको भीड लागेको थियो ।

 

देशका विभिन्न स्थानमा फुटबल प्रशंसकले खुसियाली मनाएका थिए । केही ठाउँमा झडपसमेत भएको समाचार आएको थियो । पेरिसको केही स्थानमा युवाले पसलबाट रक्सीसमेत चोरेका थिए । यस्ता घटनाका बावजुद पनि प्रशंसकमा खुसियाली मनाउने उत्साहमा कुनै कमी नआएको बताइएको छ ।

 

यातायात विभागले पेरिसका केही स्टेशनमा खेलाडीको नाम राखेर खुसियाली मनाएको थियो । उक्त विभागले पेरिसमा मङ्गलबार यात्रुलाई निःशुल्क यात्रा पनि गराएको थियो ।  फ्रान्सले यो दोस्रो पटक विश्वकपको उपाधि हात पार्न सफल भएको हो । यसअघि सन् १९९८ मा पहिलो पटक यो उपाधि प्राप्त गरेको थियो । २० वर्षपछि फ्रान्सलाई यो सौभाग्य फेरी जुरेको छ ।

 

यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो ।  क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको उसको यात्रा पनि हालसम्मकै ठूलो सफलता थियो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा नै व्यापक चर्चा चलेको छ ।

 

साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडीप्रति दर्शाएको प्रेमले उनीहरुमा प्रेरणा प्राप्त भएको बताइएको थियो ।  दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्तगर्दै रोएका खेलाडीलाई राष्ट्रपति कोलिन्डाले प्रेमपूर्वक सान्त्वना दिएको दृश्य विश्वकै सञ्चारमा छाएको थियो ।

 

उता क्रोएसियामा पनि दोस्रो भएर फर्किएका आफना खेलाडीहरुलाई सरकार र सर्वसाधारण खेल प्रेमीहरुले भव्य स्वागत गरेका छन् । करिब ४१ लाख जनसङ्ख्या भएको यस मुलुकमा लाखौँ व्यक्तिको भीडले स्वागत गरी खुसियाली मनाएको दृष्य अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलले देखाएका छन् ।

रुसमा करिब एक महिना चलेको २१औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट सकिएको छ ।  यस महाकुम्भको २२औँ संस्करण सन् २०२२ मा कतारमा आयोजना गर्ने तय भएको छ ।एएफपी

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको