चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पूनर्वहाली



हाम्रो इकोनोमि

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पद पूनर्बहालीका लागि गरेको अपिललाई सर्वोच्चले सुनुवाई गरेको छ ।

सोमबार फैसला गर्दा निकितालाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो ।

योसँगै निकिताको पद पूनर्बहाली भएको छ ।

चलचित्र विकास बोर्डमा ७ महिना अगाडि निकिताको नियुक्ती भएको थियो ।

सरकारले निकालेको विज्ञापनको आधारमा आफ्नो योग्यताको आधारमा नियुक्त भएको निकिताले दाबी गर्दै आएकी छिन् ।

भदौ महिनापछि शेरबहादुर देउवाको सरकारले गरेको राजनीतिक नियुक्ती सबै खारेज गर्ने निर्णय केपी ओलीको सरकारले गरेपछि निकिताको पद पनि गुमेको थियो ।

तर, उनले पद पूनर्बहालीका लागि सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

सोमबार उनको पक्षमा सर्वोच्चले फैसला गरेपछि उनको पद पूनर्बहाली भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...