चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पूनर्वहाली



हाम्रो इकोनोमि

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पद पूनर्बहालीका लागि गरेको अपिललाई सर्वोच्चले सुनुवाई गरेको छ ।

सोमबार फैसला गर्दा निकितालाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो ।

योसँगै निकिताको पद पूनर्बहाली भएको छ ।

चलचित्र विकास बोर्डमा ७ महिना अगाडि निकिताको नियुक्ती भएको थियो ।

सरकारले निकालेको विज्ञापनको आधारमा आफ्नो योग्यताको आधारमा नियुक्त भएको निकिताले दाबी गर्दै आएकी छिन् ।

भदौ महिनापछि शेरबहादुर देउवाको सरकारले गरेको राजनीतिक नियुक्ती सबै खारेज गर्ने निर्णय केपी ओलीको सरकारले गरेपछि निकिताको पद पनि गुमेको थियो ।

तर, उनले पद पूनर्बहालीका लागि सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

सोमबार उनको पक्षमा सर्वोच्चले फैसला गरेपछि उनको पद पूनर्बहाली भएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...