पर्वतमा पहिरोले घर बगायो, ५ जना बेपत्ता



हाम्रो इकोनोमि

 

मंगलबार रातिको अबिरल वर्षापछि झरेको पहिरोका कारण जलजला–८ लस्तीका केही घर पुरिएक छन् । घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।

लस्ति बेरनेटाका बमबहादुर परियारको घर पहिरोले पुरिँदा उनका १६ वर्षीय छोरा विकास परियार हराइरहेका छन् । अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

लस्ती खोलाले किनारमा गरेको कटानसँगै माथिबाट पहिरो  झरेको स्थानीयले बताए । प्रहरीका अनुसार राति करिव १ बजेतिर पहिरो खसेको हो ।

रातको समय पहिरो खसेकाले कतिजना बेपत्ता छन् भन्ने यकिन नभएको स्थानीयवासीले बताएका छन् । ।

वर्षा नरोकिएकोले उद्दारमा कठिनाई भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...