केसीको समर्थन गर्ने चिकित्सकहरुलाई कारबाही गर्ने सरकारी तयारी



शिक्षा क्षेत्रको सुधारका लागि १५ औं पटक अनसन बसिरहेका शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रने सरकारी चिकित्सकहरुलाई सरकारले कारबाहीको तयारी गरेको छ ।

केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो तयारी गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पछिल्लो समय वर्षाको कारण बिरामीहरुको चाप अस्पतालमा बढेको अवस्थामा चिकित्मकहरुले सेवा ठप्प पारेको भन्दै कारबाहीको तयारी गरिएको बताए ।

अत्यावश्यक सेवाका डाक्टरहरु हडताल तथा विरोधमा उत्रिए सरकार चुप लागेर नबस्ने उल्लेख गर्दै चेतावनीको शैलीमा उनले भने- त्यो अवस्थामा सरकारी डाक्टरहरु कारबाही भोग्न तयार हुनुहोस । सरकार आफ्नो कोर्षमा अघि बढ्छ ।

सरकारले सोमबारनै मन्त्रीपरिषद् बैठक गरि केसीको मागको बारेमा उनि तथा उनका पक्षसँग वार्ता गर्न वार्ता समिति गठन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण