रुस विश्वकप २०१८ : कुन टोलीले कति पैसा पाए, पुरा विवरण सहित



हाम्रो इकोनोमि

 

आइतबारबाट रुस विश्वकप २०१८ सकिएको छ । एक महिनासम्म चलेको यो प्रतियोगितामा ३२ टोलीहरु सहभागी भएका थिए, जसमा फ्रान्सले प्रतियोगिताको उपाधि हासिल गरेको छ ।

कुनै पनि प्रतियोगिता सकिएपछिको महत्वपूर्ण पाटो पुरस्कार हो । कुन टोलीले कस्तो पुरस्कार पायो भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । यो विश्वकपमा पनि समग्रमा ४३ अर्ब नेपाली रुपैयाँबराबरको धनराशी पुरस्कारका लागि खर्च भएको छ ।

समुहचरणबाटै बाहिरिने १६ टोलीहरुले ८५ करोड ३२ लाख रुपैयाँबराबरको पुरस्कार विश्वकपमा सहभागिता जनाएबापत पाएका छन् । त्यसैगरी अन्तिम १६ मा पुगेर बाहिरिएका ८ टोलीहरुले १ अर्ब २९ करोड बराबरको पुरस्कार पाएका छन् ।

क्वार्टरफाइनलसम्मको यात्रा तय गरेर बाहिरिएका चार टोलीहरुका लागि एक अर्ब ७२ करोड बराबरको पुरस्कार दिइएको छ । त्यसैगरी प्रतियोगितामा चौथो भएको इंगल्याण्ड २ अर्ब ३७ करोड बराबरको रकम पाएको थियो ।

तेस्रो स्थान हासिल गर्न सफल भएको बेल्जियमले २ अर्ब ९८ करोडबराबरको पुरस्कार पाएको छ भने दोस्रो स्थान हासिल गरेको क्रोएसियाले ३ अर्ब २ करोडबराबरको रकम पुरस्कारको रुपमा हासिल गरेको छ । यसपटकको विश्वविजेता बन्न सफल भएको फ्रान्सले ४ अर्ब १० करोडबराबरको पुरस्कार राशी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...