रुस विश्वकप २०१८ : कुन टोलीले कति पैसा पाए, पुरा विवरण सहित



हाम्रो इकोनोमि

 

आइतबारबाट रुस विश्वकप २०१८ सकिएको छ । एक महिनासम्म चलेको यो प्रतियोगितामा ३२ टोलीहरु सहभागी भएका थिए, जसमा फ्रान्सले प्रतियोगिताको उपाधि हासिल गरेको छ ।

कुनै पनि प्रतियोगिता सकिएपछिको महत्वपूर्ण पाटो पुरस्कार हो । कुन टोलीले कस्तो पुरस्कार पायो भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । यो विश्वकपमा पनि समग्रमा ४३ अर्ब नेपाली रुपैयाँबराबरको धनराशी पुरस्कारका लागि खर्च भएको छ ।

समुहचरणबाटै बाहिरिने १६ टोलीहरुले ८५ करोड ३२ लाख रुपैयाँबराबरको पुरस्कार विश्वकपमा सहभागिता जनाएबापत पाएका छन् । त्यसैगरी अन्तिम १६ मा पुगेर बाहिरिएका ८ टोलीहरुले १ अर्ब २९ करोड बराबरको पुरस्कार पाएका छन् ।

क्वार्टरफाइनलसम्मको यात्रा तय गरेर बाहिरिएका चार टोलीहरुका लागि एक अर्ब ७२ करोड बराबरको पुरस्कार दिइएको छ । त्यसैगरी प्रतियोगितामा चौथो भएको इंगल्याण्ड २ अर्ब ३७ करोड बराबरको रकम पाएको थियो ।

तेस्रो स्थान हासिल गर्न सफल भएको बेल्जियमले २ अर्ब ९८ करोडबराबरको पुरस्कार पाएको छ भने दोस्रो स्थान हासिल गरेको क्रोएसियाले ३ अर्ब २ करोडबराबरको रकम पुरस्कारको रुपमा हासिल गरेको छ । यसपटकको विश्वविजेता बन्न सफल भएको फ्रान्सले ४ अर्ब १० करोडबराबरको पुरस्कार राशी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...