कम्युनिष्ट मन्त्रीको विश्वकप मोहः फाइभस्टार होटलमा फाइनल हेर्ने भेटिए आधा दर्जन मन्त्री



हाम्रो इकोनोमि

 

फुटवलले कस्लाई मोहनी नलगाएको होला त्यसमाथि पनि विश्वकपको फाइनलले। नेपाल विश्वकप फुटवल खेल्न नपुगेपनि यहाँका हरकोहि फुटवलका क्रेजी छन्। फुटवलको क्रेजले नेताहरु पनि अछुतो रहने कुरै भएन। नेताहरु लोकतन्त्रवादी हुनकी कम्युनिष्ट फुटवलको नसा सबैमा लागेकै पाइएको छ।

 

सरकारका मन्त्रीहरु फुटवलका कति क्रेजी रहेछन भन्ने कुरा फाइनल हेर्न उनीहरुले फाइभ स्टार होटलकै अग्रपङति बुक गरेबाट देखियो। काठमाडौंको याक एण्ड यती होटल विश्वकप फुटवल हेर्ने सरकारका कम्युनिष्ट मन्त्रीहरुका कारण खचाखच भयो।

 

केपी ओली सरकारका आधा दर्जन मन्त्रीसहित नेकपाका नेताहरुले याक एण्ड यती होटलमा डीनर सहित विश्वकप फाइनलको मजा लिए। खेल हेर्नेहरु अधिकांश कम्युनिष्ट नेता कार्यकर्ता थिए। खेल हेर्नेहरुले खानाका लागि प्रतिव्यक्ति २५ सय रुपैयाँ  तिरेका थिए।

विश्वकप फुटवलको फाइनल खेल हेर्न ओली सरकारका उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु र नेकपाका यूवा नेताहरु खेल हेर्न फाइभ स्टार होटल याक एण्ड यती पुगेका हुन् ।

खेल हेर्न नेकपाका नेता टोपबहादुर रायमाझी, धनश्याम भुसाल, पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् । उर्जामन्त्रीका पछाडी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि फुटवलमा रमाइरहेका थिए।

रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच खेल फ्रान्सले ४-२ले जीतेको छ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...