फ्रान्सलाई पुन अग्रता, खेलको ६५ औँ मिनेटमा अर्को गोल, ४ , २ को अग्रता



हाम्रो इकोनोमि

 

 

रुसमा जारी  विश्वकप फुटबलको उपाधिका लागि अहिले फ्रान्स र क्रोएसिया भिडिरहेका छन्। मस्कोस्थित लुजनिकी मैदानमा भइरहेको खेल  फ्रान्सलाई पुन अग्रता खेलको ५८ औँ मिनेटमा अर्को गोल हानेको छ ।  त्यस्तै ६५ औँ मिनेटमा अर्को गोल हानेपछि ४, २ को अग्रता गरेको छ ।

फ्रान्स ४-१ गोलले अगाडि छ। आत्मघाती गोलमा अग्रता लिएको फ्रान्सले पेनाल्टी गोलमा दोस्रोपटक अग्रता लिएको हो।

क्रोएसियाका मारियो मान्जुकिचबाट १९ औं मिनेटमा आत्मघाती गोल भएपछि फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। एन्टोइन ग्रिजम्यानको फ्रिकिक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो।

 

विश्वकपको फाइनलमा पहिलोपटक आत्मघाती गोल भएको हो। इभान पेरिसिचले २८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए। डिबक्सको इन्साइड एजबाट पेरिसिचले गरेको प्रहार गोल भएको थियो।

 

तर फ्रान्सले ३९ औं मिनेटमा पुन अग्रता लियो। इभान पेरिसिचबाट डिबक्सभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टी अवसरमा फ्रान्सका एन्टोइन ग्रिजम्यानले गोल गरेका हुन्। प्रतियोगितामा ग्रिजम्यानको यो चौथो गोल हो।

 

फ्रान्स दोस्रोपटक र क्रोएसिया पहिलोपटक विश्व विजेता बन्न प्रयाश गर्दैछन्।  क्रोएसिया पहिलोपटक र फ्रान्स तेस्रोपटक फाइनल पुगेको हो। अन्तर्राष्ट्रिय फुटबलमा क्रोएसियाले फ्रान्सलाई अहिलेसम्म हराउन सकेको छैन।

 

विश्वकपमा यी दुई टोली दोस्रोपटक भिड्न लागेका हुन्। सन् १९९८ को विश्वकपको सेमिफाइनलमा यी दुई टोली पहिलोपटक भिडेका थिए। त्यतिबेला क्रोएसियालाई २-१ गोलले हराएको फ्रान्स पछि विजेता नै बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...