फ्रान्सलाई पुन अग्रता, पेनाल्टीमा ग्रिजम्यानको गोल, फ्रान्स २-१ ले अगाडी



हाम्रो इकोनोमि

 

 

मस्को- रुसमा जारी  विश्वकप फुटबलको उपाधिका लागि अहिले फ्रान्स र क्रोएसिया भिडिरहेका छन्। मस्कोस्थित लुजनिकी मैदानमा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा फ्रान्स २-१ गोलले अगाडि छ। आत्मघाती गोलमा अग्रता लिएको फ्रान्सले पेनाल्टी गोलमा दोस्रोपटक अग्रता लिएको हो।

 

क्रोएसियाका मारियो मान्जुकिचबाट १९ औं मिनेटमा आत्मघाती गोल भएपछि फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। एन्टोइन ग्रिजम्यानको फ्रिकिक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो।

 

विश्वकपको फाइनलमा पहिलोपटक आत्मघाती गोल भएको हो। इभान पेरिसिचले २८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए। डिबक्सको इन्साइड एजबाट पेरिसिचले गरेको प्रहार गोल भएको थियो।

 

तर फ्रान्सले ३९ औं मिनेटमा पुन अग्रता लियो। इभान पेरिसिचबाट डिबक्सभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टी अवसरमा फ्रान्सका एन्टोइन ग्रिजम्यानले गोल गरेका हुन्। प्रतियोगितामा ग्रिजम्यानको यो चौथो गोल हो।

 

फ्रान्स दोस्रोपटक र क्रोएसिया पहिलोपटक विश्व विजेता बन्न प्रयाश गर्दैछन्।  क्रोएसिया पहिलोपटक र फ्रान्स तेस्रोपटक फाइनल पुगेको हो। अन्तर्राष्ट्रिय फुटबलमा क्रोएसियाले फ्रान्सलाई अहिलेसम्म हराउन सकेको छैन।

 

विश्वकपमा यी दुई टोली दोस्रोपटक भिड्न लागेका हुन्। सन् १९९८ को विश्वकपको सेमिफाइनलमा यी दुई टोली पहिलोपटक भिडेका थिए। त्यतिबेला क्रोएसियालाई २-१ गोलले हराएको फ्रान्स पछि विजेता नै बनेको थियो।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...