फ्रान्सलाई पुन अग्रता, पेनाल्टीमा ग्रिजम्यानको गोल, फ्रान्स २-१ ले अगाडी



हाम्रो इकोनोमि

 

 

मस्को- रुसमा जारी  विश्वकप फुटबलको उपाधिका लागि अहिले फ्रान्स र क्रोएसिया भिडिरहेका छन्। मस्कोस्थित लुजनिकी मैदानमा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा फ्रान्स २-१ गोलले अगाडि छ। आत्मघाती गोलमा अग्रता लिएको फ्रान्सले पेनाल्टी गोलमा दोस्रोपटक अग्रता लिएको हो।

 

क्रोएसियाका मारियो मान्जुकिचबाट १९ औं मिनेटमा आत्मघाती गोल भएपछि फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। एन्टोइन ग्रिजम्यानको फ्रिकिक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो।

 

विश्वकपको फाइनलमा पहिलोपटक आत्मघाती गोल भएको हो। इभान पेरिसिचले २८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए। डिबक्सको इन्साइड एजबाट पेरिसिचले गरेको प्रहार गोल भएको थियो।

 

तर फ्रान्सले ३९ औं मिनेटमा पुन अग्रता लियो। इभान पेरिसिचबाट डिबक्सभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टी अवसरमा फ्रान्सका एन्टोइन ग्रिजम्यानले गोल गरेका हुन्। प्रतियोगितामा ग्रिजम्यानको यो चौथो गोल हो।

 

फ्रान्स दोस्रोपटक र क्रोएसिया पहिलोपटक विश्व विजेता बन्न प्रयाश गर्दैछन्।  क्रोएसिया पहिलोपटक र फ्रान्स तेस्रोपटक फाइनल पुगेको हो। अन्तर्राष्ट्रिय फुटबलमा क्रोएसियाले फ्रान्सलाई अहिलेसम्म हराउन सकेको छैन।

 

विश्वकपमा यी दुई टोली दोस्रोपटक भिड्न लागेका हुन्। सन् १९९८ को विश्वकपको सेमिफाइनलमा यी दुई टोली पहिलोपटक भिडेका थिए। त्यतिबेला क्रोएसियालाई २-१ गोलले हराएको फ्रान्स पछि विजेता नै बनेको थियो।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...