फ्रान्स र क्रोएसियाका प्रशिक्षकले गरे यस्तो खुलासा, आफैले जीत्ने भन्दै राखे यस्तो बाजी



हाम्रो इकोनोमि

 

विश्वकप फाइनलमा आइतबार राति पौने ९ बजे फ्रान्स र क्रोएसिया खेल्दै छन् । पहिलोपटक १९९८ मा विश्वकप खेल्दा नै क्वार्टरफाइनलसम्म पुगेको क्रोएसिया फ्रान्ससँग नै पराजित भएको थियो ।

त्यसबेला सेमिफाइनलमा क्रोएसियालाई २-१ ले हराएको फ्रान्सले फाइनलमा ब्राजिललाई ३-० ले हराउँदै पहिलो पटक उपाधि जितेको थियो । यसपटक फाइनलमा पुगेर भेटिएका क्रोएसिया र फ्रान्स दुवै फरक अवस्थामा देखिन्छन् ।

दुवै टिमका प्रशिक्षक मानसिक रुपमा खेलको लागि तयार रहेको र आफ्नो पुरानै लयमा ध्यान दिने बताइरहेका छन् ।

फ्रान्स र क्रोएसियाका प्रशिक्षकले आफैले जीत्ने भन्दै कान र औँला काटने बाजी राखेका छन ।

डिडिएर डेसच्याम्प्स – फ्रान्स

फ्रान्स टिमको आत्मबल अहिले बलियो छ । हाम्रो अघि अग्लो हिमाल नै आइपरे पनि चढ्न सक्छौं भन्ने लागेको छ । हाम्रा युवा खेलाडी यसपटक राम्रो लयमा पनि देखिन्छन् ।

पहिला भन्दा उनीहरुको खेल पनि निखारिएको छ । हामीले विश्व विजेता हुनका लागि चाहिने सबै मेहनत गरेका छौं । तर, अहिलेसम्मको स्थितिमा हामी विजेता होइनौं । त्यसका लागि क्रोएसियासँगको खेल महत्वपूर्ण बनेको छ । हामी हाम्रो त्यो उचाइ भेट्न चाहन्छौं ।

जाल्ट्को डेलिक – क्रोएसिया

यो विश्वकपमा स्टार खेलाडीको नाम लिएर आएका सबै टिम घर पुगिसकेका छन् । एकजुट भएर लागिपरेका टिम नै अगाडि आएका छन् । हामी उपाधिका लागि सक्दो भिडिरहेका छौं, जुन नजिकै पनि आइपुगेको छ ।

हरेक टिम उत्कृष्ट हुन सक्छन् र जित्न सक्छन् भन्ने देखिएको छ । हामी डिफेन्स लाइनदेखि अट्याकसम्म मेहनत गरिरहेका छौं । गएको १० वर्ष हेर्दा हामीसँग राम्रा खेलाडी थिए तर एकजुट भएका थिएनौं । यसपटक हामी एकजुट छौं ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...