विश्वकप- १८, ज्योतिषिका अनुसार फ्रान्सलाई आज साढे साति



हाम्रो इकोनोमि

 

आइतबार राति पौने नौ बजे सुरु हुने विश्वकपको फाइनल खेल फ्रान्स वा क्रोएसिया कस्ले जित्ला भनेर अड्कलबाजी भइरहेको छ। विश्वकपको ट्रफी उचाल्नका लागि २० वर्षअघिको विजेता फ्रान्स र पहिलोपटक फाइनलमा पुगेको क्रोएसिया आतुर छन्।

 

दुवै देशका समर्थकहरु आफ्नो पक्षले जित्ने दाबी गरिरहेका छन्। तुलनात्मक रुपमा क्रोएसियाभन्दा फ्रान्स बलियो टीम भएकाले उसैले उपाधि जित्ने धेरैको अनुमान देखिन्छ। २० वर्षअघिको विश्वकपको सेमिफाइनलमा फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गरेका थिए। दुई टोलीबीच अहिलेसम्म विश्व स्तरमा भएको यो नै एकमात्र खेल हो।

 

त्यो खेलमा फ्रान्सले क्रोएसियालाई २–१ ले जितेको थियो। तर, ज्योतिषशास्त्रका अनुसार आइतबार हुने खेल फ्रान्सको पक्षमा छैन। नाम उल्लेख गर्न नचाहने एक चर्चित ज्योतिषका अनुसार फ्रान्सका लागि आइतबारको खेल शुभ छैन।

 

मिथुन राशी भएको फ्रान्सलाई आइतबार साढे साति रहेको ती ज्योतिषको भनाइ छ। धनु राशी भएको क्रोएसियाका लागि राति पौने ९ बजे हुने खेल शुभ देखिएको ती ज्योतिषिको दाबी छ। देशको राशीअनुसार क्रोएसियाले खेल जित्ने सम्भावना देखिए पनि मैदानमा उत्रने सबै खेलाडीको राशीको सुक्ष्म अध्ययन गरेर मात्र निष्कर्ष निकाल्न उपयुक्त हुने ती ज्योतिषिले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...