डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वास्स्थानमामै लार्भा नष्ट



हाम्रो इकोनोमि

डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा आज नष्ट गरिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेकोे झाडी र सवारी साधनको टायरमा वासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन । उनीहरुसँगै सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेङ्गु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको बताउनुभयो ।

उहाँले पानी भएको जुनसुकै ठाउँमा पनि त्यस्तो लामखुट्टेले फूल पार्नसक्ने उल्लेख गर्दै रुपन्देहीमा ९३१ जना डेङ्गु रोगबाट प्रभावित भएको बताउनुभयो ।

तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन् । डेङ्गुका कारण यसवर्ष रुपन्देहीमा तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्वाथ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन भएको डेङ्गु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...