छक्का पन्जा ३ मा समावेश पहिलो नम्बरमा बोलको गीतको छायांकन ।



हाम्रो इकोनोमि

राजधानीको  गोकर्ण रिसोर्टमा जारी यो गीतको छायांकनमा फिल्मका सबै कलाकारलाई देख्न सकिन्छ ।

कविराज गहतराजको नृत्य निर्देशनमा कलाकारहरुले कम्मर मर्काएका छन् ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भैरहेको यो फिल्म दशैमा रिलिज हुनेछ । फिल्ममा २ वटा गीत समावेश भएपनि पहिलो गीतको छायांकन गरिएको हो ।

यो गीतमा फिल्मका कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की, संजोग कोइरालालाई देख्न सकिन्छ ।

साथमा छक्का पन्जा २ का मुख्य अभिनेत्रीहरु बर्षा राउत र स्वस्तिमा खड्कालाई पनि गीतमा मात्र देख्न सकिनेछ ।

गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, डेभिड शंकर र विन्दु परियारको स्वर छ ।

गीतको भिडियोलाई उत्कृष्ट बनाउन घामपानी नभनी काम गरिएको नृत्य निर्देशक कविराजले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...