फ्रान्स भर्सेस क्रोएसिया : २० वर्षअघि सेमिफाइनलमा, अहिले फाइनलमा



हाम्रो इकोनोमि

 

विश्वकप फुटबलको फाइनल खेल आइतबार राति पौने ९ बजे मस्कोमा हुँदैछ । विश्व विजेता बन्नका लागि २० वर्षअघिको विजेता फ्रान्स र पहिलो पटक फाइनल खेल्न लागेको क्रोएसिया प्रतिस्पर्धामा छन् ।

यो फाइनल खेल २० वर्षअघि अर्थात सन् १९९८ को विश्वकपमा भएको सेमिफाइनलको पुनराबृत्तिको रुपमा रहेको छ ।

२० वर्षअघिको त्यो सेमिफाइनलमा फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गरेको थिए, यी दुई टोलीबिच अहिलेसम्म विश्व स्तरमा भएको यो नै एक मात्र खेल हो । त्यो खेलमा फ्रान्सले क्रोएसियालाई २–१ ले पाखा लगाएको थियो ।

अहिले आएर दुई टोली विश्व स्तरको दोस्रो भेटमा फाइनलमा आमने सामने हुँदैछन् । त्यो बेला आयोजक रहेको फ्रान्ससँग पराजित भएको क्रोएसियाका लागि अहिले त्यसको बदला लिँदै इतिहास लेखाउने मौका छन् ।

धेरै अर्थमा त्यो सेमिफाइनल र अहिले हुन लागेको फाइनल खेल समानान्तर छन् । क्रोएसियाले स्वतन्त्र राष्ट्रका रुपमा पहिलो पटक सेमिफाइनल यात्रा तय गरेर फाइनलमा स्थान बनाएको छ ।

युवा खेलाडीको उत्कृष्ट लयले फ्रान्स फेरि विश्व विजेता बन्ने होडमा छ । क्रोएसियाले उत्कृष्ट प्रदर्शन गरेको छ । फ्रान्सका लागि त्यो सेमिफाइनल र यसपटक बेल्जियमसँगको सेमिफाइनल दुवै उत्कृष्ट सफलता हुन् ।

सन् १९९८ को विश्वकपमा क्रोएसियाले क्वाटरफाइनलमा जर्मनीलाई ३–० ले हराएको थियो । यो विश्वकपमा उसले समूह चरणमा अर्जेन्टिनामाथि ३–० कै जित निकाल्यो ।

फ्रान्सका लागि पनि २० वर्षअघि र अहिलेको विश्वकप केही हदसम्म समान छ । त्यो विश्वकपमा फ्रान्सले सेमिफाइनलमा क्रोएसियासँगको खेल अघि एक गोल मात्रै खाएको थियो । अहिले भने उसले गोल त खाएको छ तर त्यसलाई जित्ने गोल आफूले पनि गरेको छ ।

त्यो बेला जिनेदिन जिदान तथा थिएरी हेनरी जस्ता स्टार खेलाडी थिए भने अहिले पनि स्टार खेलाडीको कमी छैन । त्यो विश्वकप र यो विश्वकपमा सीधा सम्बन्ध पनि छ । उ बेला खेलाडी रहेका डिडिएर डेसच्याम्पस अहिले फ्रान्सका प्रशिक्षक छन् ।

आइतबार रातिको खेलको नतिजा २० वर्षअघिको जस्तै २–१ को हुन सक्ने सम्भावना छ तर कसको पक्षमा त्यो भने भन्न सकिँदैन । यो विश्वकपमा अहिलेसम्म भएका मध्ये १५ खेलमा १–० को नतिजा आएको छ भने १४ खेलमा २–१ को नतिजा निक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका...