सामूहिक बलात्कारपछि मन्दिरमा लगेर महिलालाई जिउँदै जलाए



हाम्रो इकोनोमि

 

भारतको उत्तर प्रदेशमा एक महिलाको सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या भएको छ । सम्भला जिल्लामा पाँच व्यक्तिले ३५ वर्षकी महिलाको सामूहिक बलात्कारपछि नजिकैको मन्दिरमा लगेर जिउँदै जलाएका हुन् ।

टाइम्स अफ इन्डियामा छापिएको खबर अनुसार आफूलाई बलात्कारीले जलाउनु पूर्व पीडित महिलाले प्रहरीको हेल्पलाइनमा फोन गरेकी थिइन् । यो जानकारी पीडितका श्रीमानले दिएको खबरमा उल्लेख छ ।

 

पीडित महिलाका श्रीमान मजदुर हुन् । महिलाले फोन गरे पनि प्रहरीले कुनै सहयोग नगरेको आरोप छ । घरमा सुतिरहेकी महिलालाई पाँच व्यक्तिले पालै पालो बलात्कार गरेको राजपुर प्रहरी चौकीका प्रहरी अधिकारीले बताएका छन् ।

घरमै बलात्कार गरेपछि नजिकैको मन्दिरमा लगेर उनीहरुले महिलालाई जलाएका हुन् ।

बलात्कारपछि पाँचैजना बाहिरिएका थिए, त्यो बेला महिलाले भाइलाई फोन गरेर घटनाबारे जानकारी दिइएकी थिइन्, तर प्रहरी आउनु पूर्व नै बलात्कारी फर्किए अनि महिलालाई घिसारेर बाहिर लगि जलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

महिलाका दुई सन्तान छन् । प्रहरीले आरोपित विरुद्ध उजुरी लिएर अनुसन्धान सुरुगरेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...