भगवान् बुद्ध नेपालमै जन्मेका हुन्–भारतीय नायिका पुनम पाण्डे



 

नेपाल भ्रमणमा रहेका एकजना  भारतीय सिने कलाकारले भगवान् बुद्धको  नेपालमै  जन्म भएको बताएका  छन्  ।

 

रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएका बलिउड नायिका पुनम पाण्डेले असार ३० गते  काठमाडौँमा  आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गरेकी हुन्  ।

 

कलाकार पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताउँदै भनिन, “मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिएँ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर भन्नुभएको थियो ।”

 

आमाको भनाइ स्मरण गर्दै उनले थपिन, “म पनि नेपाल आउनका लागि आतुर थिएँ, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाइयो, म बहुत खुसी छु ।”

 

डेजाभु क्लब दरबारमार्ग काठमाडौँमा भारतीय नायिका पुनम पाण्डेले आफना प्रशंसक माझ भेटघाट गर्ने तथा विश्वकप फुटबलको फाइनले हेर्ने छन् । उनले यसपटकको विश्वकप क्रोयसियाले जितोस् भन्ने आफ्नो चाहना रहेको बताइन्  ।

 

डेजाभु क्लबका सञ्चालक केपी गैरेले कलाकार पुनम पाण्डे नेपाली समर्थकहरुबीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको अन्तिम खेल हेर्ने चाहना राखेको जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण