तन्नेरी राष्ट्र क्रोएसियाले विश्वकप जित्ने यी हुन् ३ आधार



हाम्रो इकोनोमि

 

धेरै मानिसहरुको ध्यान अब विश्वकपको फाइनल खेलमा पुगेको छ । यस्तोमा आइतबार पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले फ्रान्सको सामना गर्दैछ ।

 

नेपाली समयअनुसार बेलुका पौने ९ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धामा जित हासिल गर्दै पहिलोपटक विश्वकपको उपाधि जित्ने दाउमा क्रोएसिया रहेको छ ।  समुहचरणदेखि नै विभिन्न चुनौतीहरुको सामना गर्दै आएको टोलीका लागि फाइनलमा फ्रान्सलाई हराउनसक्ने आधारहरु यसप्रकार छन् ।

 

१. उत्प्रेरणा
क्रोएसियाका प्रशिक्षक ज्लाट्को ड्यालिकले यो टोलीमा निकै ठुलो उत्प्रेरणा भर्ने काम गरेका छन् । क्रोएसियामा फुटबलको वातावरण कहिल्यै पनि राम्रो हुन सकेन तर पनि त्यसलाई व्यवस्थापन गर्दै टोली विश्वकपको फाइनलमा आइपुगेको हो । ५० दिनको बसाइमा अहिले भने क्रोएसियाका सबै खेलाडीहरु परिवारजस्तै गरी बसेका छन् । लगातार पछिल्लो तीन खेलमा अतिरिक्त समयमा खेल पुगेको भए पनि उनीहरु पूर्ण ऊर्जाको साथमा खेलिरहेका छन् ।

 

२. मानसिक अवस्था र स्वभाव
डेनमार्क, रसिया र इंगल्याण्डसँगको खेलमा क्रोएसियाले आफ्नो मानसिक अवस्था र स्वभावलाई प्रमाणित गरेको छ । यी सबै खेलमा पहिला गोल खाएर गो फर्काउँदै बराबरी गर्दै क्रोएसियाले खेललाई अतिरिक्त समयमा लगेको थियो ।

 

क्रोएसियाका कप्तान लुका मोड्रिचले आफूहरुले आफ्नो स्वभावको परिचय यो विश्वकपमा दिइसकेको बताएका छन् । उनले फ्रान्ससँगको खेलमा पनि यसअघिको जस्तै खेल प्रस्तुत गर्ने योजनामा आफूहरु रहेको उनले बताए ।

 

३. अनुभवका साथै आत्मविश्वास
मोड्रिच क्रोएसियाको टोलीका नेतृत्वकर्ता हुन् । रियल मड्रिडका यी खेलाडीका साथै टोलीका अन्य खेलाडीहरु पनि विश्वका प्रमुख क्लबहरुबाट फुटबल खेल्दै आएका छन् । जसमा बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलजस्ता टोलीहरुबाट खेल्ने खेलाडीहरु रहेका छन् ।

 

२७ वर्ष १० महिना औसत उमेर रहेको यो टोलीमा पूर्ण आत्मविश्वास देखिन्छ । उनीहरुको लागि आइतबारको खेलमा क्लबबाट खेल्दा हासिल गरेकोअनुभव र आत्मविश्वासलाई वास्तविकतामा उतार्ने मौका हुनेछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...