फ्रान्सले विश्वकप जित्न पक्का, यस्ता छन तीन कारण



 

 

जसले सबै अप्ठ्याराहरु पार गर्छ र आश गरिए अनुसारको सामूहिक भावना र खेल प्रदर्शन गर्छ त्यहि टिम नै विश्वकपको फाइनलमा पुग्छ । यसले फाइनलमा पुगेका टिमको उपाधि उचाल्ने सपनालाई नजिक पनि लग्छ र सम्भावना पनि उच्च बनाउँछ ।

 

फाइनलको तयारी गरिरहेका टिमका हरेक सदस्यसँग यो सम्भावना छ कि उनीहरुको नाम विश्वकप विजेताको रुपमा हुनेछ । रुसमा जारी विश्वकप फुटबलको फाइनलमा फ्रान्स र क्रोएसिया पुगेका छन् । उनीहरु दुवैको विश्व विजेता बन्ने सम्भावना छ ।

यहाँ हामीले फ्रान्सले विश्वकप जित्न सक्ने तीन कारणहरु प्रस्तुत गरेका छौँ ।

१) एकता

रक्षापंक्ति र अग्रपंक्ति दुवै फ्रान्सको बलियो छ । प्रतियोगिता अवधिभर फ्रान्सको रक्षापंक्ति र अग्रपंक्तिले प्रभावित पारेको छ ।

प्रतियोगिता सुरुभएदेखि अहिलेसम्म मात्रै ९ मिनेट फ्रान्सले खेलमा आफ्नो नियन्त्रण गुमाएको छ वा कमजोर देखिएको छ ।

 

एनगोलो कान्टेले पछिल्लो क्रमको पोसेसन ४८ पटक बाजी मारेका छन्, जारी प्रतियोगितामा यो अरु कुनै पनि खेलाडीको भन्दा धेरै हो ।
ह्युग लोरिसले पछिल्लो सातपटक भएका पोस्ट प्रहार जोगाएका छन् ।

 

डिडिएर डेसच्याम्पसको टिमले पछिल्लो ११ खेलमा ८ मा जित निकालेको छ । यसको अर्थ ७३ प्रतिशत खेलमा उनले जित निकालेका छन् । विश्वकपमा कम्तिमा १० खेलमा प्रतिनिधित्व गरेका प्रशिक्षक मध्ये डेसच्याम्सको यो जित प्रतिशत सबैभन्दा धेरै हो ।

 

अर्जेन्टिनासँगको खेलमा दुई गोल गरेका केलियन एमबाप्पे सन् १९५८ मा पेलेपछि विश्वकपको नकआउट चरणमा गोल गर्ने कम उमेरको पहिलो खेलाडी बने ।

२) टिम स्प्रिट

‘विश्वकपले प्रतिभावना खेलाडी होइन, टिमलाई प्रतिनिधित्व गर्छ’, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले सेमिफाइनलमा पराजित भएपछि भनेका थिए । डेसच्याम्पसको टिम विश्वकपमा एकता र सामूहिक भावनाको उदहारण बनेको छ ।

 

पहिलो कुरा, फुटबलमा हरेक खेलाडीले टिमका लागि चाहिएको प्रभाव पार्न सक्छन् र महत्वपूर्ण गोल पनि । यसको प्रमाण फ्रान्सले दिएको छ ।

 

यो प्रतियोगितामा अहिलेसम्म फ्रान्सले गरेका गोलमा गोलकर्ता डिफेन्डर, मिडफिल्डर र फरवाडर छन् । सबै खेलाडी प्रतियोगितामा चम्किएका छन् ।

 

दोस्रो कुरा, मानवीयता । फ्रान्सेली टिमले प्रतियोगिताभर उत्कृष्ट मानवीय भावना प्रस्तुत गरेको छ । हरेक कुराको उत्साह मनाउँदो टिमका सबै खेलाडी, सुरक्षा टिमका सदस्यदेखि सबै एकताबद्ध भएका छन् ।

टिमको मिसानमा सबै सहभागी भएका छन् । यसले टिमलाई यो लामो यात्रा तय गर्न सजिलो बनाएको छ ।

३) इतिहास

पहिलोपटक विश्वकप जितेको २० वर्षपछि फ्रान्स फेरि विश्वकपको फाइनलमा पुगेर जित्नका लागि तयारी अवस्थामा छ । फाइनलमा क्रोएसिया प्रतिस्पर्धी पाउनु फ्रान्सका लागि २० वर्षअघिको सम्झना पनि हो ।

 

सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई हराएको थियो, २–१ ले । यसपटकको फाइनल खेल क्रोएसियाका लागि त्यो हारको बदला लिने मौका पनि हो ।

 

यदी फ्रान्सले विश्वकप जित्यो भने डेसच्याम्पस तेस्रो त्यो व्यक्ति बन्ने छन् जसले खेलाडी र प्रशिक्षकका रुपमा विश्वकपको उपाधि जित्ने छन् ।

 

डेसच्याम्पसले सन् १९९८ मा खेलाडीका रुपमा उपाधि जितेका थिए । यसअघि मारिओ जागालो र प्रान्ज बेकेनबाउरले यो करामत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको