गोल्डेन बलका लागि मोड्रिच र एमबाप्पेको प्रतिस्पर्धा, गोल्डेन बुटमा केन



 

 

विश्वकप फुटबल प्रतियोगिता २०१८मा दुई खेल बाँकी रहेका छन् । दुई खेल बाँकी रहेको स्थितिमा विश्वकपमा चर्चित दुई उपाधि गोल्डेन बल र गोल्डेन बलको चर्चा चुलिएको छ ।

गोल्डेन बल

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई माथिसम्म पुर्‍याउन मद्दत गर्ने खेलाडीलाई गोल्डेन बलले सम्मान गरिन्छ । रसियामा जारी प्रतियोगितामा चार खेलाडीहरु यसको लागि दाबेदारको रुपमा देखिएका छन् ।

 

यस्तोमा सबैभन्दा अगाडि क्रोएसियाका कप्तान लुका मोड्रिच अगाडि रहेका छन् । ३२ वर्षीय यी आक्रामक मिडफिल्डरको भूमिका यसपटकको विश्वकपमा निकै महत्वपूर्ण देखिएको छ । उनले यो विश्वकपमा दुई गोल गरेका छन् । यो विश्वकपमा उनी जति मैदानमा कुनै पनि खेलाडी दौडिएका छैनन् । उनले यो विश्वकपमा उनले मैदानमा ६३ किलोमिटर दौडिएका छन् ।

 

कायलिन एमबाप्पे पनि यो विश्वकपमा गोल्डेन बलका लागि दाबेदार खेलाडी हुन् । फ्रान्सलाई फाइनलमा पुर्‍याउनका लागि यी खेलाडीको भूमिका महत्वपूर्ण रहेको छ ।

 

उनले अहिलेसम्म तीन गोल गरेका छन् । पीएसजीका उदाउँदा यी खेलाडीलाई अर्जेन्टिनासँगको खेलपछि महान फुटबलर पेलेसँग पनि तुलना गर्न थालिएको छ । आइतबार क्रोएसियासँग भिड्दै गरेको टोलीका लागि उनको भूमिका कस्तो रहने भन्ने कुराले पनि गोल्डेन बलको निर्धारण हुनसक्छ ।

 

गोल्डेन बलको अर्का प्रमुख दाबेदार खेलाडी ह्यारी केन पनि हुन् । इंगल्याण्डका कप्तान तथा स्ट्राइकर यी खेलाडीले यो विश्वकपमा निकै राम्रो खेल पस्किएका छन् । उनकै उत्कृष्ट प्रदर्शनको आधारमा इंगल्याण्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । उनले यो विश्वकपमा छ गोल गरिसकेका छन् । शनिबार उनको टोलीले बेल्जियमसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ ।

 

गोल्डेन बलका लागि दाबेदार अर्का खेलाडी बेल्जियमका इडेन हाजार्ड हुन् । यी खेलाडीको भूमिका पनि यो विश्वकपमा निकै महत्वपूर्ण रहन पुग्यो । यो विश्वकपमा उनको महत्वपूर्ण भूमिकामा बेल्जियमले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।

 

उनको टोलीमा रोमेलु लुकाकु, डि ब्रुयानेजस्ता एक सय एक खेलाडी भए पनि यी मिडफिल्डरको प्रदर्शन तथा नेतृत्व यो टोलीका लागि निकै महत्वपूर्ण रहेको देखिएको थियो । जसको कारण पनि यी खेलाडी गोल्डेन बलका प्रमुख दाबेदार हुन् ।

 

गोल्डेन बुट

 

प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको उपाधिले सम्मानित गरिन्छ । रसियामा जारि विश्वकप फुटबलमा ईङल्याण्डका ह्यारी केनको नाममा सबैभन्दा बढी गोलको रेकर्ड रहेको छ । प्रतियोगितामा ६ गोल गरिसकेका केनले गोल्डेन बुट पाउने संभावना बढी रहेको छ ।

 

केनलाई पछ्याउनेमा बेल्जियमका रोमेलु लुकाकु रहेका छन् । उनले प्रतियोगितामा ४ गोल गरिसकेका छन् । इंगल्याण्ड र बेल्जियम तेस्रो स्थानकालागि भिड्दैछन् । केन र लुकाकु दुवैको उच्च गोलकर्ता हुने संभावना रहेको छ ।

 

केनलाई बलियो मानिए पनि लुकाकुले ह्याट्रिक गरेमा र केनले कुनै गोल नगरेको खण्डमा लुकाकु गोल्डेन बुट दाबेदार हुनेछन् ।
त्यस्तै फाइनल खेलिरहेका फ्रान्सका कायलिन एमबाप्पे र एन्टोनी ग्रिजमयानको ३–३ गोल रहेको छ । फ्रान्सले क्रोएसियासँग फाइनल खेल्दैछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ