चेल्सीले गर्‍यो प्रशिक्षक कोन्टेलाई बर्खास्त, च्याम्पियन्स लिगमा छनोट नभएको पीडा



हाम्रो इकोनोमि

 

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ। चेल्सीले शुक्रबार कोन्टेलाई जिम्मेवारीबाट हटाएको हो।

चेल्सीमा कोन्टे दुई वर्षअघि आबद्ध भएका थिए। त्यहाँ अझै उनको एक वर्ष समय बाँकी थियो।

 

पहिलो सिजन चेल्सीलाई प्रिमियर लिग विजेता बनाएका कोन्टे गत सिजन घरेलु लिगको पाँचौं स्थानमा रहँदै युरोपियन च्याम्पियन्स लिगको छनोट हुन नसकेपछि आलोचित बनेका थिए।

 

चेल्सीमा आबद्ध हुनुअघि ४८ वर्षीय कोन्टेले इटालीको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी दुई वर्ष सम्हालेका थिए। त्यसअघि उनी युभेन्ट्सको प्रशिक्षक थिए। चेल्सीको नयाँ प्रशिक्षकमा नापोलीका पुर्व प्रशिक्षक माउरिजियो सार्रीको चर्चा छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...