चेल्सीले गर्‍यो प्रशिक्षक कोन्टेलाई बर्खास्त, च्याम्पियन्स लिगमा छनोट नभएको पीडा



हाम्रो इकोनोमि

 

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ। चेल्सीले शुक्रबार कोन्टेलाई जिम्मेवारीबाट हटाएको हो।

चेल्सीमा कोन्टे दुई वर्षअघि आबद्ध भएका थिए। त्यहाँ अझै उनको एक वर्ष समय बाँकी थियो।

 

पहिलो सिजन चेल्सीलाई प्रिमियर लिग विजेता बनाएका कोन्टे गत सिजन घरेलु लिगको पाँचौं स्थानमा रहँदै युरोपियन च्याम्पियन्स लिगको छनोट हुन नसकेपछि आलोचित बनेका थिए।

 

चेल्सीमा आबद्ध हुनुअघि ४८ वर्षीय कोन्टेले इटालीको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी दुई वर्ष सम्हालेका थिए। त्यसअघि उनी युभेन्ट्सको प्रशिक्षक थिए। चेल्सीको नयाँ प्रशिक्षकमा नापोलीका पुर्व प्रशिक्षक माउरिजियो सार्रीको चर्चा छ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...