एमबाप्पे र ग्रिजम्यानलाई रोक्ने क्रोएसियाको विश्वास, फ्रान्सलाई हराउने यस्तो छ नयाँ योजना



हाम्रो इकोनोमि

 

क्रोएसियाका प्रशिक्षक ज्लाट्को ड्यालिकले आफ्नो टोलीले विश्वकपको फाइनल खेलमा फ्रान्सलाई हराउने दाबी गरेका छन् । आइतबार हुने विश्वकपको फाइनल खेलका लागि आफूहरु तयार रहेको उनले बताएका हुन् ।

 

ड्यालिकले आफ्नो टोलीले विश्व फुटबलका हस्ती मानिएका लियोनेल मेस्सी र ह्यारी केनजस्ता खेलाडीहरुलाई रोक्न सक्यो भने अबको खेलमा एमबाप्पे र ग्रिजम्यानजस्ता खेलाडीलाई पनि रोक्नसक्ने बताएका हुन् ।

 

सेमिफाइनलमा क्रोएसियाले इंगल्याण्डलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यससँगै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यो टोलीले समुह चरणको खेलमा अर्जेन्टिनालाई पनि ३–० गोलले पराजित गरेको थियो । उसले नकआउट चरणमा डेनमार्क र रसियालाई पेनाल्टि सुटआउटमा पराजित गरेको थियो ।

 

ड्यालिकले आइतबारको खेलमा पनि कायलिन एमबाप्पे र एन्टोनी ग्रिजम्यानजस्ता खेलाडीहरुलाई रोक्नसक्ने विश्वास व्यक्त गरे । उनले क्रोएसियाले अझै पनि राम्रो खेलिरहेको बताए ।

 

ड्यालिकले यसअघिका खेलहरुमा पनि धेरै चुनौतीहरुको सामना गर्दै आएको र आगामी खेलको चुनौती सामना गर्नको लागि पनि तयार रहेको बताए ।

 

फ्रान्सले भने आफ्नो सेमिफाइनलको खेलमा बेल्जियमलाई हराएको थियो । यससँगै आइतबारको फाइनलका लागि उसले आफ्नो भेट पक्का गरेको हो । क्रोएसियाका लागि आइतबारको खेलमा इमान राकिटिक महत्वपूर्ण खेलाडी साबित हुनसक्छन् । सेमिफाइनलमा इंगल्याण्डलाई हराउनका लागि उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

सेमिफाइनलको खेलअघि राकिटिक ज्वरोको कारण अस्वस्थ रहेको भए पनि मैदानमा उत्रिएर निकै राम्रो प्रदर्शन गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...