एमबाप्पे र ग्रिजम्यानलाई रोक्ने क्रोएसियाको विश्वास, फ्रान्सलाई हराउने यस्तो छ नयाँ योजना



हाम्रो इकोनोमि

 

क्रोएसियाका प्रशिक्षक ज्लाट्को ड्यालिकले आफ्नो टोलीले विश्वकपको फाइनल खेलमा फ्रान्सलाई हराउने दाबी गरेका छन् । आइतबार हुने विश्वकपको फाइनल खेलका लागि आफूहरु तयार रहेको उनले बताएका हुन् ।

 

ड्यालिकले आफ्नो टोलीले विश्व फुटबलका हस्ती मानिएका लियोनेल मेस्सी र ह्यारी केनजस्ता खेलाडीहरुलाई रोक्न सक्यो भने अबको खेलमा एमबाप्पे र ग्रिजम्यानजस्ता खेलाडीलाई पनि रोक्नसक्ने बताएका हुन् ।

 

सेमिफाइनलमा क्रोएसियाले इंगल्याण्डलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यससँगै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यो टोलीले समुह चरणको खेलमा अर्जेन्टिनालाई पनि ३–० गोलले पराजित गरेको थियो । उसले नकआउट चरणमा डेनमार्क र रसियालाई पेनाल्टि सुटआउटमा पराजित गरेको थियो ।

 

ड्यालिकले आइतबारको खेलमा पनि कायलिन एमबाप्पे र एन्टोनी ग्रिजम्यानजस्ता खेलाडीहरुलाई रोक्नसक्ने विश्वास व्यक्त गरे । उनले क्रोएसियाले अझै पनि राम्रो खेलिरहेको बताए ।

 

ड्यालिकले यसअघिका खेलहरुमा पनि धेरै चुनौतीहरुको सामना गर्दै आएको र आगामी खेलको चुनौती सामना गर्नको लागि पनि तयार रहेको बताए ।

 

फ्रान्सले भने आफ्नो सेमिफाइनलको खेलमा बेल्जियमलाई हराएको थियो । यससँगै आइतबारको फाइनलका लागि उसले आफ्नो भेट पक्का गरेको हो । क्रोएसियाका लागि आइतबारको खेलमा इमान राकिटिक महत्वपूर्ण खेलाडी साबित हुनसक्छन् । सेमिफाइनलमा इंगल्याण्डलाई हराउनका लागि उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

सेमिफाइनलको खेलअघि राकिटिक ज्वरोको कारण अस्वस्थ रहेको भए पनि मैदानमा उत्रिएर निकै राम्रो प्रदर्शन गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...