यी हुन् विश्वकपको फाइनल खेलाउने अर्जेन्टिनाका रेफ्री नेस्टर पिटाना, यस्ता छन यीनको गोप्य कुरा



हाम्रो इकोनोमि

 

रुस विश्वकप २०१८ को फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् । सन् २००६ को विश्वकपको फाइनल अर्जेन्टिनाका रेफ्री हेक्टर एलिजोन्डोको नियन्त्रणमा खेलेको फ्रान्सले यो विश्वकपमा पनि अर्जेन्टिनाका रेफ्रीबाट फाइनल खेल्ने भएको हो ।

 

आइतबार हुने फ्रान्स र क्रोएसियाबीचको खेलका लागि फिफाले अर्जेन्टाइन रेफ्री नेस्टर पिटानालाई चयन गरेको हो । ४३ वर्षीय यी रेफ्रीले यो विश्वकपको पहिलो खेल रसिया र साउदी अरेबियाको बीचमा खेल गराएका थिए । साथै उनले उरुग्वे र फ्रान्सबीचको क्वार्टरफाइनल खेल गराएका थिए भने क्रोएसिया र डेनमार्कबीचको खेल पनि खेलाएका थिए ।

 

आइतबारको खेलमा पिटानाका साथै एसिस्टेन्ट रेफ्रीहरु हर्नान मेइडाना र जुआन बेलेट्टीका साथै चौथो अधिकारीको रुपमा ब्जोर्न क्वीपर्स पनि रहेछन् ।

 

आइतबारको खेलमा सेमिफाइनलमा बेल्जियमलाई पराजित गरेको फ्रान्स र इंगल्याण्डलाई पराजित गरेको क्रोएसियाको बीचमा खेल हुन लागेको हो ।

 

फ्रान्सको लागि महत्वपूर्ण उपाधि हासिल गर्ने क्रममा अर्जेन्टिनाका रेफ्रीहरु निर्णयक हुने गरेका छन् । सन् २००६ मा भएको फाइनलमा फ्रान्स इटालीसँग हारेको थियो । यो खेलमा रेफ्री एलिजोन्डोले फ्रान्सका कप्तान जिनेदिन जिदानलाई रातो दिँदै मैदानबाहिर पठाएका थिए । फ्रान्सका समर्थकहरुले सो निर्णयको विरोध गरेका थिए ।

 

आइतबारको खेलमा फ्रान्ससँग दोस्रोपटक विश्वकपको उपाधि हासिल गर्ने लक्ष्य रहँदा पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया फ्रान्सलाई रोक्ने चुनौती हुनेछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...