यी हुन् विश्वकपको फाइनल खेलाउने अर्जेन्टिनाका रेफ्री नेस्टर पिटाना, यस्ता छन यीनको गोप्य कुरा



 

रुस विश्वकप २०१८ को फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् । सन् २००६ को विश्वकपको फाइनल अर्जेन्टिनाका रेफ्री हेक्टर एलिजोन्डोको नियन्त्रणमा खेलेको फ्रान्सले यो विश्वकपमा पनि अर्जेन्टिनाका रेफ्रीबाट फाइनल खेल्ने भएको हो ।

 

आइतबार हुने फ्रान्स र क्रोएसियाबीचको खेलका लागि फिफाले अर्जेन्टाइन रेफ्री नेस्टर पिटानालाई चयन गरेको हो । ४३ वर्षीय यी रेफ्रीले यो विश्वकपको पहिलो खेल रसिया र साउदी अरेबियाको बीचमा खेल गराएका थिए । साथै उनले उरुग्वे र फ्रान्सबीचको क्वार्टरफाइनल खेल गराएका थिए भने क्रोएसिया र डेनमार्कबीचको खेल पनि खेलाएका थिए ।

 

आइतबारको खेलमा पिटानाका साथै एसिस्टेन्ट रेफ्रीहरु हर्नान मेइडाना र जुआन बेलेट्टीका साथै चौथो अधिकारीको रुपमा ब्जोर्न क्वीपर्स पनि रहेछन् ।

 

आइतबारको खेलमा सेमिफाइनलमा बेल्जियमलाई पराजित गरेको फ्रान्स र इंगल्याण्डलाई पराजित गरेको क्रोएसियाको बीचमा खेल हुन लागेको हो ।

 

फ्रान्सको लागि महत्वपूर्ण उपाधि हासिल गर्ने क्रममा अर्जेन्टिनाका रेफ्रीहरु निर्णयक हुने गरेका छन् । सन् २००६ मा भएको फाइनलमा फ्रान्स इटालीसँग हारेको थियो । यो खेलमा रेफ्री एलिजोन्डोले फ्रान्सका कप्तान जिनेदिन जिदानलाई रातो दिँदै मैदानबाहिर पठाएका थिए । फ्रान्सका समर्थकहरुले सो निर्णयको विरोध गरेका थिए ।

 

आइतबारको खेलमा फ्रान्ससँग दोस्रोपटक विश्वकपको उपाधि हासिल गर्ने लक्ष्य रहँदा पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया फ्रान्सलाई रोक्ने चुनौती हुनेछ । (एजेन्सी)

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  ११ : ३०  बजे

प्रतिक्रिया दिनुहोस
पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन

     त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्

भदौ ३१ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण

    प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने

केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी

वित्तीय प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको