मौद्रिक नीतिले छोएन सेयर बजारलाई, लाग्यो दोहोलो अंकले ओरालो



हाम्रो इकोनोमि

 

मौद्रिक नीति लगत्तै सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिले सेयर कर्जामा मार्जिन कलको सिमा बढाएको थियो। तर सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले मौद्रक नीतिले सेयर लगानीकर्ताको माग सम्बोधन नगरेको बताएका थिए।

 

सेयर लगानीकर्ताले हाल सेयर कर्जामा रहेको मार्जिकको सिमा ५० प्रतिशतबाट बढाउन माग गरेका थिए।  तर राष्ट्र बैंकले उक्त मागमा बिषयमा कुनै सम्बोधन गरेन।

 

साताको अन्तिम कारोबार बजार खुले देखि ओरालो लागेको नेप्से परिसूचक १३.६६ अंकले ओरालो लागेको छ। परिसूचक दोहोरो अंकले ओरालो लाग्दा पनि कारोबार रकममा भने सुधार देखियो। केहि साता यता २०-३० करोड रुपैयँ हाराहारीमा हुने गरेको सेयर कारोबार बिहिबार भने ४५ करोड माथि पुग्यो।

घटेको बजारमा दिनभरीमा १ सय ६३ कम्पनीको ४५ करोड ४४ लाख रुपैयाँ सेयर खरिद बिक्रि भएको छ।

 

लक्ष्मी बैंक र कुमारी बैंकको संस्थापक सेयर करिब १० करोड रुपैयाँ बराबरको खरिद बिक्रि हुदाँ कारोबार रकममा बृद्धि भएको छ। बिहिबार लक्ष्मी बैंकको मात्र ६ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भयो।

 

3मौद्रिक नीतिले बैंक वित्तिय संस्थाको नाफामा लगाएको संकुचनको असर बैंक वित्तिय संस्थाको सेयरमा देखिएको छ। ५ प्रतिशत रहेको निक्षेप र कर्जाको व्याजदर ४.५ प्रतिशत पुर्याएकाले वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीको नाफामा असर पार्नेछ।

 

यस्तै माइक्रोफाइनान्सको कर्जालाई व्यवस्थित गर्दा विगतमा जस्तो माइक्रोफाइनासले नाफा कमाउन सक्ने छैनन्।

बिहिबार सबै भन्दा धेरै माइक्रोफाइनान्स उपसमूह २.२२ प्रतिशतले ओरालो लाग्दा होटल २.०८ प्रतिशत, इनस्योरेन्स १.७६ प्रतिशत, हाईड्रोपावर १.४९ प्रतिशत,  विकास बैंक १.३३ प्रतिशत, बैंकिङ १.०१ प्रतिशत, फाइनान्स ०.६४ प्रतिशत, ट्रेडिङ ०.४३ प्रतिशत  अन्य उपसमूह ०.०७ प्रतिशतले ओरालो लागेको छ।

दोहोरो अंकले नेप्से परिसूचक घट्दा पनि उत्पादन मुलक उपसूचक  भने उकालो लागेको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...