इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा



हाम्रो इकोनोमि

 

इङ्ल्यान्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो ।

इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर उसको थप यात्रा क्रोएसियाले रोकिदिएको छ ।

खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए । तर क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

निकै नै प्रतिष्पर्धात्मक देखिएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो । खेलको १०९ औं मिनेटमा मारियो मान्जुकिचले गोल गरे र क्रोएसियाको अग्रता २–१ बनाए । अन्ततः यही गोल नै निर्णायक बन्यो र क्रोएसियाको पल्लाभारी भयो ।

क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको हो । यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । क्रोएसिया सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको देश हो ।

अब उसले आइतबार हुने फाइनल खेलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...