नेपाल विद्यार्थी संघमा भाँडभैलो,संस्थापनलाई चुनौति दिँदै असन्तुष्ट पक्षले बोलायो महाधिवेशन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद थप उग्र बन्दै गएको छ ।  अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा रहेको महामन्त्री कुन्दन काफ्लेसहितका  असन्तुष्ट समूहका नेताहरुले एकलौटी रुपमा १२ औं महाधिवेशनको मिति नै घोषणा गरेपछि विवाद थप उग्र बन्दै गएको हो ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असन्तुष्ट समूहले आगामी साउन २३ देखि २५ गतेसम्म  काठमाठौंमा महाधिवेशन गर्ने तय गरिएको जानकारी दिएको छ ।

असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले  अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज  गरेको घोषणा समेत गरेको छ ।  विधान बमोजिम रिक्त २२  जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।

योसँगै लामो समयदेखिको नेविसंघको विवाद थप पेचिलो बनेको छ ।

यसैबीच बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय गर्दै एकलौटी रुपमा असन्तुष्ट समूहले गरेको महाधिवेशनको घोषणापछि धेरैले नेविसंघ गम्भीर मोडमा पुगेको भनि टिप्पणी गरेका छन् ।

मुल पार्टीमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमा सशक्त रुपमा बाहिर देखिएको बेला विद्यार्थीमा भने  देउवा र देउवाविरोधी खेमाका रुपमा देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...