यी हुन गोल्डेन बुटका प्रमुख दाबेदार ह्यारी केन, यस्तो छ यीनको भित्री रहस्य



हाम्रो इकोनोमि

 

 

इंगल्याण्ड राष्ट्रिय फुटबल टिमका कप्तान तथा प्रमुख स्ट्राइकर ह्यारी केन रुसमा जारी विश्वकपमा गोल्डेन बुटको लागि अघि बढिरहेका छन् ।

 

यो विश्वकपमा उनले अहिलेसम्म छ गोल गरिसकेका छन् र उनका प्रतिस्पर्धीहरु खेलाडीहरुको टोली यो विश्वकपबाट बाहिरिसकेको छ । जसको कारण उनी यो विश्वकपका लागि गोल्डेन बुटको प्रमुख दाबेदार खेलाडी हुन् ।

 

इंगल्याण्डलाई सेमिफाइनलसम्म ल्याएका ह्यारी केन यसपटकको विश्वकपको उपाधि आफ्नो टोलीलाई जिताउन लागिपरेका छन् ।

 

वास्तवमा को हुन् त ह्यारी केन ? 
ह्यारी केनको जन्म सन् १९९३ मा लण्डनको वेल्थम्स्टमा भएको हो । सानैदेखि फुटबलमा रुचि राख्ने केनले इंगल्याण्डका पूर्व फुटबलर डेभिड बेकह्यामले अध्ययन गरेकै विद्यालयमा अधययन गरेका थिए ।

 

बेकह्यामले अध्ययन गरेको चिङफोर्ड फउण्डेसन स्कुलमा केनले अध्ययन गरेका थिए । सानैदेखि उनी निकै चलाख रहेको र फुटबलको टोलीमा नेतृत्वको कला पनि उनीमा भरपूर रहेको विद्यालयका शिक्षकहरु बताउँछन् ।

 

केनलाई आफ्नो फुटबलको करियर सुरु गर्दा भने केही समस्याको सामना गर्नुप¥यो । उनले बालक हुँदा रिड्गवे रोभर्सको लागि खेल्ने गर्थे, जहाँ डेभिड बेकह्यामले पनि खेलेका थिए । तर उनलाई आर्सनल र टोटनह्यामले भने परीक्षणको क्रममा असफल भएको भन्दै लिनका लागि अस्वीकार गरेका थिए ।

 

उनी धेरै तौलको भएको कारण उनलाई उक्त क्लबहरुले लिनको लागि अस्वीकार गरेका थिए । पछि वार्टफोर्डमा टोटनह्यामको विरुद्धमा निकै राम्रो खेल प्रदर्शन गरेपछि भने टोटनह्यामका प्रशिक्षकले उनलाई आफ्नो टोलीमा राख्ने निर्णय गरेका थिए । केन सानैदेखि खेलका साथै फिल्म हेर्न पनि रुचाउँथे ।

 

यो पटकको विश्वकपमा केनलाई अत्यधिक मार्किङ गरिएको छ । यो विश्वकपमा निकै घातक किसिमको मार्किङ गरिएका स्ट्राइकरमा केन सबैभन्दा अगाडि आउँछन् ।

 

उनले पोस्टमा गरेको छ प्रहारहरु सफल भएका छन् भने उनले नौ प्रहारहरु विपक्षी पोस्टमा गरिसकेका छन् । दुई वर्षअघिको युरोपियन च्याम्पियन्स लिगमा उनले १३ प्रहारहरु गरेका थिए तर उनले एक गोल पनि गर्न भने सकेका थिएनन् । गएको प्रिमियर लिगको सिजनमा भने उनले एक सय ८४ पटक पोस्टमा प्रहार गरेका थिए ।

 

ह्यारी केनको दुईओटा घरहरु छन् । उनकी प्रेमिका कटेइ गुडल्याण्डसहित उनी एसेक्समा बस्दै आएका छन् । यो घर निकै शानदार ढङ्गले निर्माण गरिएको छ । यो घरमा उनीहरुकी एक छोरीका साथै दुई कुकुरहरु पनि रहँदै आएका छन् । केनको दोस्रो घर भने टोटनह्यामको मैदाननजिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको राति ८ बजेदेखि १ बजेसम्म मतदान

     नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक...

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा गर्भनरबाट शपथ

     नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल...

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा...

गगन थापाले सभापतिमा उम्मेदवारी दिए

     कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले...