यी हुन गोल्डेन बुटका प्रमुख दाबेदार ह्यारी केन, यस्तो छ यीनको भित्री रहस्य



 

 

इंगल्याण्ड राष्ट्रिय फुटबल टिमका कप्तान तथा प्रमुख स्ट्राइकर ह्यारी केन रुसमा जारी विश्वकपमा गोल्डेन बुटको लागि अघि बढिरहेका छन् ।

 

यो विश्वकपमा उनले अहिलेसम्म छ गोल गरिसकेका छन् र उनका प्रतिस्पर्धीहरु खेलाडीहरुको टोली यो विश्वकपबाट बाहिरिसकेको छ । जसको कारण उनी यो विश्वकपका लागि गोल्डेन बुटको प्रमुख दाबेदार खेलाडी हुन् ।

 

इंगल्याण्डलाई सेमिफाइनलसम्म ल्याएका ह्यारी केन यसपटकको विश्वकपको उपाधि आफ्नो टोलीलाई जिताउन लागिपरेका छन् ।

 

वास्तवमा को हुन् त ह्यारी केन ? 
ह्यारी केनको जन्म सन् १९९३ मा लण्डनको वेल्थम्स्टमा भएको हो । सानैदेखि फुटबलमा रुचि राख्ने केनले इंगल्याण्डका पूर्व फुटबलर डेभिड बेकह्यामले अध्ययन गरेकै विद्यालयमा अधययन गरेका थिए ।

 

बेकह्यामले अध्ययन गरेको चिङफोर्ड फउण्डेसन स्कुलमा केनले अध्ययन गरेका थिए । सानैदेखि उनी निकै चलाख रहेको र फुटबलको टोलीमा नेतृत्वको कला पनि उनीमा भरपूर रहेको विद्यालयका शिक्षकहरु बताउँछन् ।

 

केनलाई आफ्नो फुटबलको करियर सुरु गर्दा भने केही समस्याको सामना गर्नुप¥यो । उनले बालक हुँदा रिड्गवे रोभर्सको लागि खेल्ने गर्थे, जहाँ डेभिड बेकह्यामले पनि खेलेका थिए । तर उनलाई आर्सनल र टोटनह्यामले भने परीक्षणको क्रममा असफल भएको भन्दै लिनका लागि अस्वीकार गरेका थिए ।

 

उनी धेरै तौलको भएको कारण उनलाई उक्त क्लबहरुले लिनको लागि अस्वीकार गरेका थिए । पछि वार्टफोर्डमा टोटनह्यामको विरुद्धमा निकै राम्रो खेल प्रदर्शन गरेपछि भने टोटनह्यामका प्रशिक्षकले उनलाई आफ्नो टोलीमा राख्ने निर्णय गरेका थिए । केन सानैदेखि खेलका साथै फिल्म हेर्न पनि रुचाउँथे ।

 

यो पटकको विश्वकपमा केनलाई अत्यधिक मार्किङ गरिएको छ । यो विश्वकपमा निकै घातक किसिमको मार्किङ गरिएका स्ट्राइकरमा केन सबैभन्दा अगाडि आउँछन् ।

 

उनले पोस्टमा गरेको छ प्रहारहरु सफल भएका छन् भने उनले नौ प्रहारहरु विपक्षी पोस्टमा गरिसकेका छन् । दुई वर्षअघिको युरोपियन च्याम्पियन्स लिगमा उनले १३ प्रहारहरु गरेका थिए तर उनले एक गोल पनि गर्न भने सकेका थिएनन् । गएको प्रिमियर लिगको सिजनमा भने उनले एक सय ८४ पटक पोस्टमा प्रहार गरेका थिए ।

 

ह्यारी केनको दुईओटा घरहरु छन् । उनकी प्रेमिका कटेइ गुडल्याण्डसहित उनी एसेक्समा बस्दै आएका छन् । यो घर निकै शानदार ढङ्गले निर्माण गरिएको छ । यो घरमा उनीहरुकी एक छोरीका साथै दुई कुकुरहरु पनि रहँदै आएका छन् । केनको दोस्रो घर भने टोटनह्यामको मैदाननजिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको