पाकिस्तानमा आत्मघाती हमला, एक नेतासहित १३ को मृत्यु



हाम्रो इकोनोमि

फईल तस्विर

 

पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

 

आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको पेशावर शहरका प्रहरी प्रमुख काजी जमीलले बताएका छन् ।

 

 

बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हमला भएको थियो । उनलाई तत्कालै अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

 

बम निरोधक दस्ताका प्रमुख शौकत मलिकका अनुसार आक्रमणमा करिब ८ किलो डायनामाइटको प्रयोग गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको पाकिस्तानका अधिकारीहरुले बताएका छन् ।

 

पाकिस्तानमा आगामी २५ जुलाईमा आम चुनाव हुँदैछ । चुनावको मिति नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु पनि भइरहेका छन् । यसअघि जुलाई महिनाको सुरुआतमा खैबर पख्तुनख्वा प्रान्तको तख्तीखेलमा भएको आक्रमणमा मुत्ताहिदा पार्टीका एक उम्मेदवारसहित ७ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...