परिबन्धमा परेका महिलाका सारथी दनुवार सम्मानित



हाम्रो इकोनोमि

शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले आफ्नो संस्थाले हालसम्म भारतसहित विभिन्न मुलुकमा यौनदुराचारसहित दुःख पाएका १५० भन्दा बढी महिलाको उद्धार गरेको बताउनुभएको छ ।

अमेरिकी सरकारबाट हालै टिआइपी–हिरो–२०१८ बाट सम्मानित भएकामा बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले लगभग ७०० भन्दा बढी महिलालाई विभिन्न आश्रय केन्द्रमा पुनःस्थापना गरेको, ५५ जनालाई कानूनी सहयोग प्रदान गरेको तथा केही महिलालाई समुदायमा लगेर आयआर्जनमा लगाएको बताउनुभयो ।

मानव बेचबिखन तथा आधुनिक दासत्वविरुद्ध अथक संघर्ष गरेको भन्दै अमेरिकी सरकारले श्रीमती दनुवारलाई सो सम्मान प्रदान गरेको हो । सो सम्मानका लागि विश्वका विभिन्न १८० मुलुकबाट १० जना छनौट भएकामा नेपालका तर्फबाट दनुवार छनौटमा पर्नु भएको हो ।

श्रीमती दनुवारले मानव बेचबिखनको मुद्दा विश्वमा नै जटिल बन्दै गएको र नेपालजस्तो मुलुकका लागि ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो ।

सन् २००९ देखि मानिसको उद्धारमा संलग्न सो संस्थाले भारतमा त्यहाँका प्रहरीसँग समन्वय गरेर उद्धार गर्ने गरेको तथा उक्त कार्यका लागि दातृ संस्था तथा सरकारी निकायबाट आर्थिक सहयोग जुटाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

सो संस्थाका अध्यक्ष बालकुमारी राणाले देशको विकासका लागि मानव बेचबिखन रोक्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...