परिबन्धमा परेका महिलाका सारथी दनुवार सम्मानित



हाम्रो इकोनोमि

शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले आफ्नो संस्थाले हालसम्म भारतसहित विभिन्न मुलुकमा यौनदुराचारसहित दुःख पाएका १५० भन्दा बढी महिलाको उद्धार गरेको बताउनुभएको छ ।

अमेरिकी सरकारबाट हालै टिआइपी–हिरो–२०१८ बाट सम्मानित भएकामा बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले लगभग ७०० भन्दा बढी महिलालाई विभिन्न आश्रय केन्द्रमा पुनःस्थापना गरेको, ५५ जनालाई कानूनी सहयोग प्रदान गरेको तथा केही महिलालाई समुदायमा लगेर आयआर्जनमा लगाएको बताउनुभयो ।

मानव बेचबिखन तथा आधुनिक दासत्वविरुद्ध अथक संघर्ष गरेको भन्दै अमेरिकी सरकारले श्रीमती दनुवारलाई सो सम्मान प्रदान गरेको हो । सो सम्मानका लागि विश्वका विभिन्न १८० मुलुकबाट १० जना छनौट भएकामा नेपालका तर्फबाट दनुवार छनौटमा पर्नु भएको हो ।

श्रीमती दनुवारले मानव बेचबिखनको मुद्दा विश्वमा नै जटिल बन्दै गएको र नेपालजस्तो मुलुकका लागि ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो ।

सन् २००९ देखि मानिसको उद्धारमा संलग्न सो संस्थाले भारतमा त्यहाँका प्रहरीसँग समन्वय गरेर उद्धार गर्ने गरेको तथा उक्त कार्यका लागि दातृ संस्था तथा सरकारी निकायबाट आर्थिक सहयोग जुटाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

सो संस्थाका अध्यक्ष बालकुमारी राणाले देशको विकासका लागि मानव बेचबिखन रोक्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...