नाइँ नभन्नु ल ५ को ट्रेलर रिलिज



हाम्रो इकोनोमि

भदौ ८ गतेबाट प्रदशर्नमा आउने फिल्म ुनाईं नभन्नु ल ५ को ट्रेलर रिलिज भएको छ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। फिल्मका प्रायस् कलाकारहरुलाई फिचर गरिएको ट्रेलरमा प्रेम, विछोड, पिडा जस्ता कुरालाई देखाइएको छ। ट्रेलरमा बोलिएका संवादहरु पनि निकै सुन्दर छन्।

ट्रेलरमा बाल कलाकार अनुभव रेग्मी, नव(बाल कलाकार सेड्रिना शर्मा, नायिका स्वस्तिमा खड्का, नव(कलाकार अभिषेक नेपाललाई प्रथमिकाता दिइएको छ भने निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझीलाई पनि ट्रेलरमा जोडिएको छ। विकास आचार्य निर्देशित फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतको पनि अभिनय रहेको छ।

विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त पटकथा रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। ुवान टाइम सिनेमाुको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...