सावाधान तपाँइ जारको पानी पिउँदै हुनुहुन्छ, यस्ता पानीमा दिसामा पाइने जीवाणु, जार र बोतलका पानीले सर्छ यस्तो रोग



 

के तपार्इंले जार र बोतलका पिउने पानी निर्धक्क प्रयोग गरिरहनुभएको छ ? यदि छ भने सोच्नुपर्ने भएको छ ।

 

उपभोक्ताले निर्धक्कसँग उपभोग गरिरहेको जार र बोतलको पानी दूषित रहेको विभिन्न रिर्पाेटहरूले देखाएका छन् ।  केही समयअघि विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको अध्ययन परीक्षणले यो तथ्य सार्वजनिक गरेको थियो ।

 

यस्तै नास्टले गरेको अध्ययन परीक्षणले पनि पिउने जार र बोतलको पानीमा दिसामा पाइने जीवाणु इ. कोलाई देखाएको छ । पिउने पानी स्वच्छ नहुँदा धेरै नागरिकहरू बिरामी पर्ने गरेका छन् । पिउने पानीकै कारण विभिन्न समस्या देखिँदै आइरहेको छ  । विशेषतः गर्मी र बर्खाको समयमा यस्ता समस्या बढी हुने चिकित्सकहरू बताउँछन् ।

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका केमिकल रिसर्च कोअर्डिनेटर डाक्टर शेरबहादुर पुनका अनुसार प्रदूषित पानीका कारण झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइड, हैजा जस्ता विभिन्न सरुवारोग देखिने गरेका छन् । यसको मुख्य कारण पानीलाई नै मानिएको डाक्टर पुनले बताए । डाक्टर पुनका अनुसार काठमाडौँमा बिक्री वितरण गरिँदै आएको जारको पानी बढी प्रदूषित पाइएको छ ।

पानीकै कारण लाग्ने रोगका बिरामी गतवर्षभन्दा यो वर्ष बढेको उनको भनाइ छ ।  उनी भन्छन्, ‘हामी बाध्यताबस किनेको पानी खान्छौँ, किनेको पानी भनेपछि हाम्रो दिमागमा सफा हुन्छ भन्ने सोच छ । तर कुनै पानी व्यवासायिक या सम्बन्धित निकायको हेलचेक्र्याइँले दूषित हुने गरेको पाइएको छ  ।’

 

२०७२ सालमा धेरै जना बिरामी भएपछि के कारणले यस्तो भएको भन्ने विषयमा आफूले अनुसन्धान गर्दा जारको पानी नै मुख्य दोषी पाएको उनले बताए । उनका अनुसार जारको पानीबाट ५० प्रतिशतमा झाडापखाला, जन्डिस हुने ठूलो सम्भावना हुन्छ ।

 

‘पहिला पहिला झिँगा भन्केको खाना नखाऊ भनिन्थ्यो । त्यसपछि हात धुने तरिका सिकाइयो’, उनले भने, ‘अहिले पानीबाट नै समस्या देखिरहँदा सम्बन्धित निकायले यो बारेमा पनि जानकारी गराउन जरुरी छ ।’

 

के भन्छन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता  ?
पिउने पानीकै कारण कति नागरिक बिरामी हुन्छन् भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले यसको तथ्याङ्क सरकारसँग नभएको बताए ।
स्वच्छ खानेपानीको अभावका कारण सङ्ख्यागत रूपमा भन्न नसके पनि समस्या देशैभर रहेको प्रवक्ता श्रेष्ठले बताए । तर यो समस्या काठमाडौँ उपत्यकाका ३ जिल्लामा बढी मात्रामा रहेको र त्यसमा पनि पहिलो नम्बरमा काठमाडौँ पर्ने उनले बताए ।

 

प्रवक्ता श्रेष्ठले गत वर्ष जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रमुखको जिम्मेवारीमा रहँदा गरेको सर्वेक्षणमा  काठमाडौँमा खानका लागि प्रयोग हुने ७० देखि ८० प्रतिशत पानी दूषित रहेको पाइएको उनले बताए ।
दूषित पानी पिउँदा सबै जिल्लामा समस्या आइरहेको भन्दै उनले यसबारेमा खानेपानीको क्षेत्रमा काम गर्ने निकायले सोच्न जरुरी रहेको बताए ।

 

डाक्टर पुनका अनुसार जारको पानी प्रयोग गर्ने धेरैलाई समस्या आएको देखिएको छ । गतवर्ष ललितपुर जनस्वास्थ्य कार्यालयले परीक्षण गर्दा जारको पानीमा हैजाको किटाणु देखिएको थियो । सकेसम्म पानी उमालेर खानु सबै भन्दा राम्रो उपाय हो । उनका अनुसार पानीका कारण बिरामी भएर अहिले दैनिक दर्जनको हाराहारीमा शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी आउने गरेका छन् ।

 

सुरक्षित खानेपानी १९ प्रतिशतलाई मात्रै 
यता खानेपानी तथा सरसफाइ, ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दासले  अहिलेसम्ममा देशभर ८७.७ प्रतिशत नागरिकमाझ खाने पानीको सुविधा पुगेको बताए । तर यो आधारभूत खानेपानीको सुविधा मात्रै हो । सुरक्षित खानेपानीको व्यवस्था अहिलेसम्म १९ प्रतिशत मात्रै भएको पनि  उपमहानिर्देशक दासले बताए । अझै १२.४ प्रतिशत नागरिकमाझ आधारभूत र ८१ प्रतिशत नागरिकमा सुरक्षित पिउने पानीको व्यवस्था हुन सकेको छैन ।

 

 

पानी उमालेर मात्रै खाने हो भने झाडापखाला नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।  खाना र पानीकै कारण झाडापखाला  तथा हैजा देखिने गरेको भन्दै उनले यकिन तथ्याङ्क नभए पनि हजारौँ नागरिक बर्सेनि बिरामी पर्ने गरेको उनले बताए । ब्रान्ड नभएको १० देखि १५ रुपियाँ पर्ने जारको पानी पनि उपभोक्ताले खाने गरेको  बिरामीबाट जानकारी पाएको डाक्टर पुनले बताए ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक