‘कहीँ कतै’ नायक दिलीप रायमाझीका आँखामा आँशु



हाम्रो इकोनोमि

यहि श्रावण २५ गते अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘कहीँ कतै’ को ट्रेलर रिलीज भएको छ ।

शबिर श्रेष्ठ निर्देशित फिल्मको माया प्रेम रोमान्सका साथै रोधनले भरिएको ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा नवकलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ’बेबी’ गिरीलाई समेटिएको छ ।

ट्रेलरबाट फिल्मका केहि रोमान्टिक त केहि वियोगको कथामा रहेको प्रष्ट पार्छ । नायक रायमाझीका आँखामा आँशु छचल्किएको छ ।

सोनम र सिवानीको प्रेमकथासँगै पीडा पनि ट्रेलरमा पाईन्छ ।
सिवानी र सोनमले यहि फिल्मबाट डेब्यू गरेका हुन् ।

सिक्कीम स्थायि घर भएकी नव–नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली फिल्ममा अभिनय समेत गरिरहेकी छिन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।

चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...