सेमिफाइनलमा पुगेका चार टिम र खेलाडी बारे जान्नै पर्ने केही तथ्य, यस्ता छन कारण



 

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार देखि सेमिफाइनलका खेल हुँदैछन् । यसको अर्थ अब विश्व विजेताको आँकलन गर्न थप सजिलो बन्दैछ । सम्भावित विजेताको सूचि साँघुरो हुँदैछ ।

 

अन्तिम दुईमा अर्थात फाइनलमा स्थान बनाउनका लागि मंगलबार फ्रान्सले बेल्जियम तथा बुधबार इंग्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यसपटक अन्तिम चारमा पुगेका सबै टिम युरोपेली हुन् ।

विश्वकपको अन्तिम चारमा पुगेका चार टिम र उनीहरुसँग जोडिएका केही तथ्य यस्ता छन् ।

 

विश्वकपको इतिहासमा पाँचौँ पटक विश्वकपको सेमिफाइनलमा पुगेका सबै टिम युरोपेली छन् । यसअघि सन् १९३४, १९६६, १९८२ र २००६ मा पनि सेमिफाइनलमा पुगेका सबै टिम युरोपेली थिए । र यो पटकजस्तै ती सबै प्रतियोगिता युरोपकै भूमिमा भएका थिए ।

 

अन्तिम चारमा पुगेका चारै टिम विश्वकपको इतिहासमा दाबेदारका रुपमा हेरिने गरेका टिम खासै होइनन् । पछिल्लो पटक बेल्जियम सन् १९८६, इंग्ल्याण्ड सन् १९९०, क्रोएसिया सन् १९९८ र फ्रान्स सन् २००६ को विश्वकपमा अन्तिम चारमा पुगेका थिए ।

 

मंगलबार राति पौने १२ बजे हुने खेल फ्रान्स र बेल्जियमबिचको सम्रगमा ७४ औँ भेट हो । यसअघि भएका खेलमा बेल्जियम ३० तथा फ्रान्स २४ खेलमा विजयी भएको छ । १९ खेलमा बराबरी भएको छ । तर विश्वकपमा भने फ्रान्सको पक्ष बलियो छ । सन् १९३८ र १९८६ मा भएका भेटमा फ्रान्स नै विजयी भएको छ ।

 

बेल्जियमका रोबर्टो मार्टिनेज विश्वकप इतिहासमा दोस्रो प्रशिक्षक हुन्, जसले त्यो देशको नागरिक नभएर पनि विश्वकपमा टिमलाई सेमिफाइनलमा पुर्‍याएका छन् । मार्टिनेज स्पेनका नागरिक हुन् । यसअघि ब्राजिलका लुइज फिलिपे स्कोलारीले सन् २००६ मा पोर्चुगललाई विश्वकपको सेमिफाइनलमा लगेका थिए ।

 

बेल्जियम रुस विश्वकपमा अहिलेसम्म आफूले खेलेका सबै खेल जित्ने एक मात्र टिम हो । उसले समूह चरणका तीन तथा अन्तिम १६ र क्वाटर फाइनलको खेल जितेको छ । यस्तै उ सबैभन्दा धेरै गोल गर्ने टिम पनि हो, पाँच खेलमा बेल्जियमले १४ गोल गरेको छ ।

 

क्रोएसिया विश्वकपको इतिहासमा दोस्रो त्यस्तो टिम हो, जसले एउटै विश्वकपमा दुई पटक पेनाल्टी सुटआउटमा जितेको छ । यसअघि सन् १९९० मा अर्जेन्टिनाले यस्तै गरेको थियो ।

 

क्रोएसियाले अन्तिम १६ मा डेनमार्कलाई टाइब्रेकरमा ३–२ तथा क्वाटरफाइनलमा रुसलाई टाइब्रेकरमै ४–३ ले हराएको थियो ।

 

यस्तै इंग्ल्याण्डले अन्तिम १६ मा कोलम्बियालाई टाइब्रेकरमा हराएको थियो । इंग्ल्याण्ड यसअघि विश्वकपमा तीन पटक पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

 

इंग्ल्याण्डले तेस्रो पटक विश्वकपको सेमिफाइनल खेल्दैछ र सबै युरोपमा नै हो । घरेलु मैदानमा भाएको सन् १९६६ को विश्वकपमा त उ विजेता नै बनेको थियो । यस्तै इटालीमा भएको सन् १९९० को विश्वकपमा पनि इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा रहेको क्रोएसियाले विश्वकपका पाँच खेलमा हार बेहोरेको छैन भने उसले लगातार नौ खेलमा गोल गरेको छ ।

 

इंग्ल्याण्डका ह्यारी केन यो प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन्, उनले ६ गोल गरेका छन् । यस्तै बेल्जियमका रामेलु लुकाकुले चार गोल गरेका छन् ।

 

फ्रान्सका एन्टोनी ग्रिजम्यान र केलियन एमबाप्पेले ले तीन तीन गोल गरेका छन् भने क्रोएसियाका लुका मोड्रिकले दुई गोल गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलबार  ११ : २५  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइयो, पदाधिकारी १५ मात्र हुने

    नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने भएको छ । बिहीबार