विश्वकप : १२ देखि ३२ वर्षपछि सेमिफाइनल भिड्दै राष्ट्रहरु



हाम्रो इकोनोमि

 

रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुने भएको छ ।

यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ ।

 

सेमिफाइनलमा फ्रान्स(घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत(घरेलु मैदानमा तत्कालीन  जर्मनीलाई हराई १९६६को विजेता) ) र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।

 

क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्‍यो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । त्यसैगरी यता बेलायतले स्वीडेनलाई २–० तथा क्रोसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

 

सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो कालमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

 

त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्दैछ । पछिल्लो कालमा बेलायत २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा सुस्ता बचाउ अभियानको धर्ना

    सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ । भारतीय...

पार्टी एकताको सम्भावना छैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको...

नागरिकता र लालपुर्जा माग्दै माइतीघरमा धर्ना बस्ने सुस्ताबासीको तयारी

    भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग...

देशभर तीन दिनसम्म भारी वर्षाको सम्भावना

    देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान...