ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने, डान्सबार, दोहोरी, मसाज, डिस्को, होटल तथा गेष्टहाउस रातभरी



 

पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

 

यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन । जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो ।

 

सेवाग्राही र व्यवसायीलाई पूर्णसुरक्षा दिई बजार खुलाइने छ”, उनले भने, “यसबाट सेवाग्राहीलाई सजिलो हुनाका साथै पर्यटनको प्रवर्धन गर्न उक्त ठाउँका बजार खुलाउन थालेका हौँ ।”

 

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा गठित बजार खुला गर्नेसम्बन्धी गठित समिति विभिन्न मापदण्ड तयारी गरी खुला गर्नका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई प्रतिवेदन बुझाएको छ ।

 

बजार खुलाउनका लागि व्यापारी, स्थानीयवासी र सुरक्षाकर्मीसँग विभिन्न चरणमा छलफल गरी मापदण्ड तयार गर्ने कामसमेत भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

 

उनका अनुसार जयनेपाल चोकदेखि केशरमहल चोक, केशरमहल चोकदेखि लैनचौर, लैनचौरदेखि मनाङ होटल चोक, मनाङ होटल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकदेखि जेपी मोड हुँदै ज्याठा चोक, ज्याठा चोकदेखि जमल चोक र जयनेपाल चोकदेखि कृष्णपाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्मका स्थानमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न दिइने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालयले २४ घण्टा खुला गर्ने उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जनमूलक सेवा क्लब, डिस्कोथेक, पव, डान्सबार, दोहोरी, मसाज होटल तथा गेष्टहाउस, डिपार्टमेन्टल स्टोर, रेष्टुराँ, क्याफे, बार, कफी तथा केक सप, किराना पसल, यातायात सेवा–ट्याक्सी, बस र पेट्रोल पम्प, मेडिकल सेवा, यातायात सेवा र बैंकिङ सेवा विदेशी मुद्रा सटही काउन्टर, एटिएम हुनुपर्ने उल्लेख गरिएको छ ।

 

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उक्त क्षेत्रमा सुरक्षाकर्मी बढाउनाका साथै सिसी टिभी जडानसमेत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक