गगन थापाले ओलीलाई हाने यस्तो वाण, ज्ञानेन्द्र शाह टाउको गनेर झुकिए, ओली झुकिनु हुदैन



हाम्रो इकोनोमि

 

 

आइतबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले  पुर्वराजा ज्ञानेन्द्र शाह टाउको गनेर झुकिएको र अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसरी झुकिन नहुने बताएका छन् ।

 

सोमबारको बैठकमा थापले भने  ‘ गोविन्द केसीको जीवन रक्षाको बिषयलाई लिएर केन्द्रित हुन चाहन्छु । यहि बिषयलाई लिएर चिकित्सक संघका साथिहरु सम्मानीय प्रधानमन्त्रीलाई भेट्न गएका रहेछन् ।  प्रधानमन्त्रीले भन्नु भएछ एउटा व्यक्तिले भनेर डराउने मान्छे म होइन । स्वास्थ्य क्षेत्रमा के गर्दा हुन्छ कसैले मलाई सिकाउनु पर्दैन ।’

 

थापाले पूर्व राजाको ज्ञानेन्द्र शाहले देखाएको दम्भ प्रधानमन्त्रीले दोहर्‍याउन नहुने भन्दै भने,  ‘२०५९ सालमा महाराज ज्ञानेन्द्रले शासन लिइ बक्सियो । रत्नपार्कमा केहि मानिसहरु संसद पुन स्थापनाको माग राखेर सडकमा बसेका रहेछन् ।

 

महाराजको शुभचिन्तकले गएर महाराजलाई भनेछन्- रत्नपार्कमा नेपालका केहि मानिसहरु कराई रहेका छन् ।  के भनिरहेका छन् ? – महाराजले सोधि बक्सेछ । उनिहरुले भनेछन् – महाराजले गरेको कामले देशको भलो हुदैन । महाराजले भनि बक्सेछ- पृथ्वी नारायण शाहको बंशज  म ज्ञानेन्द्र शाहलाई सिकाउने ।

 

सिकाउने मानिसहरु को हुन् ? महाराजको प्रश्नमा उनिहरुले भनेछन् – गिरिजाप्रसाद कोइराला, माधव कुमार नेपाल, भरत विमल यादव , नारायण काजी श्रेष्ठ लगायतका केहि मानिसहरु ४-५ सय मानिस लिएर बसेका छन् । महाराजले भनेछन् – ४-५ सय मानिसको झुण्डले महाराजलाई सिकाउने ?’

 

थापाले प्रधानमन्त्रीलाई भने, ‘आज समय र पात्र बदलिएको छ । कर्णालीबाट चिकित्सक अनशन बसेका छन् ।  चिकित्सक प्रधानमन्त्रीलाई भन्न गएछन् र भनेछन् यसो गर्यो भने भलो हुँदैन ।

 

प्रधानमन्त्रीले भन्नुभएछ– दुई तिहाई संख्या र  समर्थन भएको प्रधानमन्त्रीलाई देशको भलो के गर्दा हुन्छ भनेर चिकित्सकले सिकाउने ? के गर्दा हुन्छ भनेर उनको समर्थनमा को छ ? सोध्दै गर्दा भनेछन् –  केही थान कांग्रेसहरु संसदमा हल्ला गर्दैछन् र केही थान मानिस माइतिघर मण्डलामा हल्ला गर्दैछन् ।

 

अनि प्रधानमन्त्रीले भन्नुभएछ– केहि थान मानिसको भरमा दुईतिहाई भएको प्रधानमन्त्रीलाई सिकाउने ? मलाई बडो दुःख लागेको छ सभामुखज्यु, मलाई चिन्ता पनि लागेको छ । महाराज झुकिबक्स्यो संख्या हेरेर टाउको गनेर ।’

थापाले सत्यको पक्षमा एकजना भए पनि हुने बताए । उनले भने,  ‘सत्यको पक्षमा उभिदै गर्दा फगत एकजना भएपनि पुग्छ । आज गोविन्द केसी सत्यको पक्षमा उभिनुभएको छ ।   गोविन्द केसीका पक्षमा टाउको कति छन् नहेर्नुहोस् । सदनको टाउको पनि नग्नुहोस् ।

 

चिकित्सा शिक्षा विधेयकमा सहयोग गर्न हामी प्रतिपक्ष पनि तयार छौं । गोविन्द केसीको स्वस्थ्य स्थिति बिग्रीएको छ ।’ उनले गोविन्द केसीमा कुनै किसिमको लोभ नभएको भन्दै उनमा  चिकित्सा शिक्षाको सुधारको नशा मात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...