नेविसंघमा भाँडभैलो, सरकारी निर्णयको विरोधमा पनि गुट–गुटका भेला



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा भाँडभैलो देखिएको छ । सरकारले गरेका  निर्णयको विरोध गर्ने सन्दर्भमा समेत नेविसंघ गुटमा विभाजन भएको छ।

 

पार्टी सभापति शेरबहादुर देउवा निकट नेविसंघ अध्यक्ष नैनसिंह महर समूहले सोमबार माईतीघर मण्डलामा निषेधाज्ञा लगायतका सरकारी निर्णयको विरोधमा प्रदर्शनको कार्यक्रम राखेको छ ।

 

तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह निकट महामन्त्री कुन्दन काफ्ले समूहले अध्यक्ष महरको कार्यक्रमलाई असहयोग गर्न भन्दै वाल्मिकिमा भेला बोलाएको छ ।

 

केही दिन अघि पौडेल र सिटौला निकटहरुले गरेको निषेधाज्ञा तोड्ने कार्यक्रममा महर समूह उपस्थित भएन । यसले नेविसंघभित्र भाँडभैलो भएको प्रष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...