नेविसंघमा भाँडभैलो, सरकारी निर्णयको विरोधमा पनि गुट–गुटका भेला



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा भाँडभैलो देखिएको छ । सरकारले गरेका  निर्णयको विरोध गर्ने सन्दर्भमा समेत नेविसंघ गुटमा विभाजन भएको छ।

 

पार्टी सभापति शेरबहादुर देउवा निकट नेविसंघ अध्यक्ष नैनसिंह महर समूहले सोमबार माईतीघर मण्डलामा निषेधाज्ञा लगायतका सरकारी निर्णयको विरोधमा प्रदर्शनको कार्यक्रम राखेको छ ।

 

तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह निकट महामन्त्री कुन्दन काफ्ले समूहले अध्यक्ष महरको कार्यक्रमलाई असहयोग गर्न भन्दै वाल्मिकिमा भेला बोलाएको छ ।

 

केही दिन अघि पौडेल र सिटौला निकटहरुले गरेको निषेधाज्ञा तोड्ने कार्यक्रममा महर समूह उपस्थित भएन । यसले नेविसंघभित्र भाँडभैलो भएको प्रष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...