सबै जिल्लामा स्वास्थ्य बिमामा कमिसनको खेल, करोडौ कुम्ल्याउने दाउमा मन्त्री उपेन्द यादव, यस्तो छ योजना



 

सबै जिल्लामा स्वास्थ्य बिमामा कमिसनको खेल सुरु भएको छ । गगन थापा मन्त्री हुँदा सूरु भएको यो कार्यक्रम त्यती प्रभावकारी नभएपनि अहिले कमिसनको खेलमा देशैभरी सुरु गरीने भएकमे छ । करोडौ कुम्ल्याउने दाउमा स्वस्थ मन्त्री उपेन्द यादव लागेको बिषेश स्रोतको दाबी छ ।

 

सरकारले आगामी आर्थिक वर्षदेखि मुलुकका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने भएको छ । सरकारले यसअघि केही जिल्लामा सुरु गरेको बिमा कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएपछि सरकारले बै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने तयारी गरेको हो ।

 

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बिमा कार्यक्रम आगामि आर्थिक वर्षदेखि सबै जिल्लामा लागू हुने जानकारी दिए । बिमा कार्यक्रमलाई अगाडि बढाउन सरकारले उपयुक्त बजेटसमेत व्यवस्था गरेको जानकारी दिएका छन् ।

 

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले हाल ३२ जिल्लामा सञ्चालित कार्यक्रम आवदेखि ७७ जिल्लामै लागू हुने जानकारी दिए ।

 

जनशक्तिको व्यवस्थापनमा जोड दिँदै स्वास्थ्य उपकरण, औषधि तथा अन्य कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा योजनाबद्ध रूपमा कार्यक्रम सुरु गर्न लागेको बताउँदै उनले स्वास्थ्य मन्त्रालय मातहत कर्मचारीको अभाव रहेकाले तत्काल जनशक्ति उपलब्ध गराइदिन लोकसेवा आयोगलाई आग्रह गरिएको जानकारी दिए ।

 

यस्तै वर्षायाममा हुने महामारी तथा रोगका जोखिम न्यूनीकरण गर्नका लागि सरकारले योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्न लागेको तथा केही स्वास्थ्य संस्थाको पुनर्निर्माण भइसकेको र केही निर्माणका क्रममा रहेको उनले बताए ।

 

त्यस्तै विश्व जनसंख्या दिवसको अवसरमा राजधानीमा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनसंख्या नियन्त्रणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

 

उनले परिवार नियोजनमार्फत जनसंख्या नियन्त्रण गर्ने राष्ट्रिय अभियानलाई अझै प्रभावकारी बनाउन सरकारले बहस, छलफलजस्ता कार्यक्रमलाई जोड दिने नीति लिएको पनि स्पष्ट पारिन् । उनले मुलुकको समृद्धिका लागि पनि परिवार नियोजनको अभियानमार्फत जनसंख्या नियन्त्रणको कामलाई अघि बढाउने बताइन् ।

 

जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । नेपाल सरकारले पनि जनसंख्याको उचित व्यवस्थापन गर्न परिवार नियोजनको अभियानलाई प्रभावकारी बनाउन जोड दिँदै आएको छ ।

 

सानै उमेरमा गर्भपतन गराउने युवतीहरूको संख्या बढ्नुले चिन्ता थपेको भन्दै उनले यसको न्यूनीकरणमा व्यापक छलफल आवश्यक रहेको बताइन् ।

 

लिभिङ् टुगेदर र विवाहपूर्व सन्तान जन्माउन पाउने अधिकारलाई कानुनसम्मत बनाउँदा समाजलाई यसले गलत बाटोमा लैजान सक्ने बताइन् ।

 

यस विषयलाई मानवअधिकारका रूपमा जोडेर हेर्दा कालान्तरमा यसले गम्भीर सामाजिक विचलन आउने खतरा रहेको बताइन् । परिवार नियोजन साधनको अनियन्त्रित प्रयोगबाट हुनसक्ने समस्याबारे पनि सचेत हुन सबैलाई आग्रह गरेकी छन् ।

 

परिवार स्वास्थ्य महाशाखाका धनश्याम पोखरेलले बालविवाह र सानै उमेरमा गर्भपतन गराउने प्रवृत्ति निकै डरलाग्दो रूपले देखिएको भन्दै यसलाई रोक्न कार्यक्रम आवश्यक रहेको बताए । विश्व जनसंख्या दिवसको यस वर्षको नारा ‘परिवार नियोजन मानव अधिकार’ तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक