शेरबहादुर देउवाले नियुक्ति गरेका नेप्से र निक्षेप तथा कर्जा सूरक्षण कोषका सिइओ बर्खास्त



हाम्रो इकोनोमि

 

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई बर्खास्त गरेको छ।

गत बुधबार  मन्त्रीपरिषद्ले भदौ १४ गते पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति  बदर गरेपछि नेप्सेका सीइओ चन्द्र बहादुर साँउद र  निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओ बिष्णुबाबु मिश्रलाई पदबाट हटाइएको हो।

अर्थ मन्त्रालयले आजै (आईतबार) साँउद र मिश्रलाई पदबाट हटाईको पत्र पठाएको छ।

देउवा सरकारले साउँदलाई गत असोज २३ गते नेप्सेको सिइओ र मिश्रलाई कातिक ६ गते कर्जा सुरक्षण कोषको सिइओमा नियुक्त गरेको थियो।

उनिहरु अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिले खुला प्रतिस्पर्धाका आधारमा गरेको सिफारिस पछि सरकारबाट नियुक्त भएका थिए।

नेप्सेका सिईओ साउँदले पदबाट हटाईएको पत्र आएको भन्ने सुने पनि आफुले पत्र जहेरेको बताए। उनले भने, ‘पत्रमा लेखिएको व्यहोरा पढेपछि मात्र अदालत जाने नजाने निर्णय गर्छु।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...