शेरबहादुर देउवाले नियुक्ति गरेका नेप्से र निक्षेप तथा कर्जा सूरक्षण कोषका सिइओ बर्खास्त



हाम्रो इकोनोमि

 

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई बर्खास्त गरेको छ।

गत बुधबार  मन्त्रीपरिषद्ले भदौ १४ गते पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति  बदर गरेपछि नेप्सेका सीइओ चन्द्र बहादुर साँउद र  निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओ बिष्णुबाबु मिश्रलाई पदबाट हटाइएको हो।

अर्थ मन्त्रालयले आजै (आईतबार) साँउद र मिश्रलाई पदबाट हटाईको पत्र पठाएको छ।

देउवा सरकारले साउँदलाई गत असोज २३ गते नेप्सेको सिइओ र मिश्रलाई कातिक ६ गते कर्जा सुरक्षण कोषको सिइओमा नियुक्त गरेको थियो।

उनिहरु अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिले खुला प्रतिस्पर्धाका आधारमा गरेको सिफारिस पछि सरकारबाट नियुक्त भएका थिए।

नेप्सेका सिईओ साउँदले पदबाट हटाईएको पत्र आएको भन्ने सुने पनि आफुले पत्र जहेरेको बताए। उनले भने, ‘पत्रमा लेखिएको व्यहोरा पढेपछि मात्र अदालत जाने नजाने निर्णय गर्छु।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...