उत्कृष्ट दश गीत छनोट



हाम्रो इकोनोमि

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् ।

गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २०० गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो ।

उत्कृष्ट १० मा परेका गीतकारहरुमा गणेश रसिक (इलाम), रमेश शुभेच्छु (पाँचथर), डा कमल थापा (काठमाडौँ), गोपाल दाहाल (सुनसरी), तुलाधर विश्वकर्मा (बाँके), सौरभ सुनुवार (काठमाडौँ), जितेन्द्र खाती (दोलखा), अम्सुला कार्की (ओखलढुंगा), रवीन्द्र बुढाथोकी (काठमाडौँ) र देवेन्द्र अर्याल (काठमाडौँ) हुनुहुन्छ ।

निर्णायक समितिमा श्याम तमोट संयोजक तथा शक्ति बल्लभ र मधु गुरुङ सदस्य रहनुभएको थियो ।

छनोटमा परेको ती गीतकारलाई २०५औँ भानुजयन्तीका अवसरमा प्रतिष्ठानले यही असार २९ गतेदेखि आयोजना गर्ने त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलनमा पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो । ती गीतको रेकर्डसमेत गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...