उत्कृष्ट दश गीत छनोट



हाम्रो इकोनोमि

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् ।

गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २०० गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो ।

उत्कृष्ट १० मा परेका गीतकारहरुमा गणेश रसिक (इलाम), रमेश शुभेच्छु (पाँचथर), डा कमल थापा (काठमाडौँ), गोपाल दाहाल (सुनसरी), तुलाधर विश्वकर्मा (बाँके), सौरभ सुनुवार (काठमाडौँ), जितेन्द्र खाती (दोलखा), अम्सुला कार्की (ओखलढुंगा), रवीन्द्र बुढाथोकी (काठमाडौँ) र देवेन्द्र अर्याल (काठमाडौँ) हुनुहुन्छ ।

निर्णायक समितिमा श्याम तमोट संयोजक तथा शक्ति बल्लभ र मधु गुरुङ सदस्य रहनुभएको थियो ।

छनोटमा परेको ती गीतकारलाई २०५औँ भानुजयन्तीका अवसरमा प्रतिष्ठानले यही असार २९ गतेदेखि आयोजना गर्ने त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलनमा पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो । ती गीतको रेकर्डसमेत गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...